मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

म्याग्दीमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवार कायम

म्याग्दीमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवार कायम


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८२, शनिबार

म्याग्दी/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उम्मेदवार कायम भएका छन्। माघ ६ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवार नविन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२ जना उम्मेदवार कायम भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार युवराज रोका नाम फिर्ता लिन तोकिएको समय भन्दा ढिला पुगेपछि उम्मेदवारी कायमै भएको छ भने बिहिबार सामाजिक सञ्जाल मार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएका नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजाले पनि शुक्रबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएनन् ।

एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् । म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता छन् ।

तीमध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । जिल्लामा ८२ वटा मतदानस्थल र १ सय १० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।

मुस्ताङमा आठैजना उमेदवार कायम
हिमाली जिल्ला मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका सबै आठजनाको उमेदवार कायम भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, मनोनयन दर्ता गराएका कुनै पनि दलले उमेदवारी फिर्ता नलिएपछि सबैको उमेदवारी कायम भएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा (एमाले)बाट इन्द्रधारा विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदित्यचन्द्र थकाली, आमजनता पार्टीबाट अजय विक, मंगोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनको उमेदवारी रहेको छ ।

जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३२८ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->