मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात

म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात

‘लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर स्थानीय चिन्तित थिए, यो हिमपात र वर्षाले केही राहत भएको छ’


  • अमृत बास्कुने
  • माघ १० २०८२, शनिबार

म्याग्दी/हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । माथिल्लो क्षेत्रको बस्तीमा यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली राम्रो हुने छ ।

कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत सञ्जिब बाँस्तोलाका अनुसार, लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न लागेको थियो । जिल्लाका मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको हो । बेनी नगरपालिका, मंगला आसपासमा हल्का वर्षा भइरहेको छ ।

धवलागिरी गाउँपालिका २ लुलाङका शिक्षक दर्पण रोकाले हल्का वर्षासँगै हिमपात भएको कारण माथिल्लो क्षेत्रमा बस्ती नै सेताम्मे भएको बताए । ‘लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर स्थानीय चिन्तित थिए यो हिमपात र वर्षाले केही राहत भएको छ’ रोकाले भने । वर्षासँगै हिमपात भएपछि चिसो पनि निकै बढेको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन सरोकारवाला निकायले अनुरोध गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय म्याग्दीले हिमपात र वर्षाले कृषिजन्य उपजको उत्पादनमा सघाउने जनाएको छ । माघ महिना लाग्दासमेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था शनिबार सामान्य बर्षासँगैको हिमपातपछि किसानले राहत महसुस गरेको बाँस्तोलाले बताए । हिउँदे बालीका लागि यो वर्षाले निकै राम्रो गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->