आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

अमलाचौर–बागलुङ सम्पर्क समिति गठन

अमलाचौर–बागलुङ सम्पर्क समिति गठन


  • संगिता रेग्मी
  • माघ १० २०८२, शनिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र बागलुङ बजारमा बस्दै आएकाहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा २० सदस्यीय अमलाचौर–बागलुङ सम्पर्क समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश लामिछाने र प्रिया किसान, सचिवमा हिमाल पौडेल, सह–सचिवमा संगिता रेग्मी, कोषाध्यक्षमा टेकबहादुर बिक र सदस्यहरुमा जयप्रसाद पौडेल, बिमला विक, सन्ध्या पौडेल, नारायण प्रसाद पौडेल, प्रेम ढकाल, अर्जुन ढकाल, माधव चापागाई, महेन्द गौतम, जुना लामिछाने, प्रकाश पौडेल, तस्लिमा खातुन, राजु विक, जीवन पौडेल, खगेन्द्र विक रहेका छन् ।

समितिको सल्लाहकारमा गुरुदत्त पाठक, चित्र सापकोटा, धनबहादुर परियार, टिका कुमारी विक, किरण आचार्य, तिलक आचार्य, कल्पना पाठक, हरिराम अधिकारी, विष्णु चापागाईं, यदुनाथ घिमिरे, देवप्रकाश घिमिरे, हरिस पौडेल र सुजन परियार रहेका छन् ।

विशुद्व सामाजिक र परोपकारी कार्य गर्ने उद्देश्यले बागलुङमा बजारमा रहेका अमाचौरबासीको समिति गठन गरिएको छ । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्य गर्न समितिको महत्वपूर्ण भूमिका रहने नवनिर्वाचित अध्यक्षले बताए । उक्त बैठक जेष्ठ व्यक्तित्व यदुनाथ घिमिरेको अध्यक्षता र दिनेश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->