मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फोहोर व्यवस्थापनमा सघाउन महानगरको आग्रह

फोहोर व्यवस्थापनमा सघाउन महानगरको आग्रह

‘फोहोर प्रशोधन केन्द्रको लागि जग्गाको खोजी गर्दादेखि नै अवरोध सुरु भएको छ । हामीले अहिले बनाउन लागेको डम्पिङ साइट हैन तर जग्गा नै नपाएपछि कहाँ बनाउने ?,’ मेयर धनराज आचार्य भन्छन्, ‘कहीँकतै त प्रशोधन केन्द्र बनाउनैपर्छ ।’


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

पोखरा/पोखरा महागरपालिकाले फोहोर व्यवस्थापनको लागि राजनीतिक दल तथा नागरिक समाजको साथ खोजेको छ ।

केही समययता पोखराको फोहोर उठ्न सकेको छैन । पोखरा ३२ मा रहेको लामे आहाल क्षेत्र भरिएको र फोहोर फाल्ने नयाँ ठाउँ नभएकाले यहाँको फोहोर उठ्न नसकेको हो । पोखरा महानगरपलेप पोखराको ३३ नम्बर वडामा रहेको झाँक्रीखोला छेउमा फोहोर प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) स्थापना गर्ने भनिए पनि स्थानीयको अवरोध छ । पोखरा १४ मा रहेको बाच्छेबुडुवाको ल्याण्डफिल साइट बन्द हुनासाथ नयाँ ल्याण्डफिल साइट खोजी थालिएको थियो । मानबहादुर जिसी पोखराको मेयर हुँदा नै सुरु गरिएको सो अभियानले सार्थकता पाउन सकेको छैन ।

‘फोहोर प्रशोधन केन्द्रको लागि जग्गाको खोजी गर्दादेखि नै अवरोध सुरु भएको छ । हामीले अहिले बनाउन लागेको डम्पिङ साइट हैन तर जग्गा नै नपाएपछि कहाँ बनाउने ?,’ मेयर धनराज आचार्य भन्छन्, ‘कहीँकतै त प्रशोधन केन्द्र बनाउनैपर्छ । हामीले संसारका विभिन्न देशले कसरी फोहोर व्यवस्थापन गरेका छन् भन्ने पनि हेरेका छौँ । अहिले पोखरामै पनि फोहोरको वर्गीकरणसहित पुनःप्रयोग र फोहोरबाटै नयाँ उत्पादन गर्ने कामको सुरुवात भएको छ तर वर्गीकरणको लागि पनि त जग्गा त चाहियो नि ।’

पोखरा ३३ मा स्थानीयले अवरोध गरेका कारण परियोजना अगाडि बढाउन नसकेकोमा चिन्तित देखिएका मेयर आचार्यले शनिबार समस्या समाधानको लागि राजनीतिक दल र नागरिक समाजका अगुवासहितको सर्वपक्षीय बैठकको आह्वान गरेका थिए । बैठकमा उनले फोहोर विसर्जनमा देखिएको समस्यामात्र सुनाएनन्,सबै मिलेर यो विषयलाई टुंगोमा पु¥याउन माग पनि गरे ।

मेयर आचार्यका राजनीतिक दलका जिल्ला र नगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा भएको बैठकका सहभागीबाट सहयोगको प्रतिवद्धता आएको छ ।

‘सहरको सौन्दर्यीकरण र मानव स्वास्थ्य तथा वातावरणीय स्वच्छतासँग जोडिएको उक्त संवेदनशील विषयमा सहजीकरण गर्न उहाँहरु तयार हुनुहन्छ,’ मेयर आचार्यले भने, ‘सहरलाई दुर्गन्धित बनाइराख्ने कि यसको दिगो व्यवस्थापन लाग्ने भन्ने कुरामा नागरिकहरु पनि सचेत हुनुपर्ने भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->