मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देश दौडाहामा हर्क

देश दौडाहामा हर्क

उनले अहिले नेपालमा टिकट पाउन २०–२५ लाख बुझाउनुपर्ने, चुनाव लड्दा ५ करोड खर्च हुने गरेको र त्यो पैसा उठाउन भ्रष्टाचार हुने गरेको जिकिर पनि गरे ।


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

पोखरा/धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर संघीय संसदको चुनावमा होमिएका हर्क साम्पाङ सोमबार पोखरा आए । श्रम संस्कृति पार्टीका संयोजकसमेत रहेका उनले कास्की क्षेत्र नम्बर १ बाट दिलबहादुर तामाङ र क्षेत्र नं. ३ बाट हितकाजी गुरुङलाई पैसा नलिइ उम्मेदवार बनाएको बताए ।

उनले अहिले नेपालमा टिकट पाउन २०–२५ लाख बुझाउनुपर्ने, चुनाव लड्दा ५ करोड खर्च हुने गरेको र त्यो पैसा उठाउन भ्रष्टाचार हुने गरेको जिकिर पनि गरे ।

पुराना दलहरुबाट देश नबन्ने बताउँदै उनले अगाडि भने, ‘बालुवा पेलेर तेल निस्किँदैन, ढुंगा उसिनेर आलुदम बन्दैन । हामी आफ्नै पौरख र श्रममा विश्वास गर्छौँँ, देश हामी बनाउँछौँ ।’ उनले सिंहदरबारलाई सबै नागरिकको पहुँचयुक्त ठाउँ बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->