मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पेक टेक एक्सपो आजबाट

पेक टेक एक्सपो आजबाट

प्रदर्शनीमा इन्जिनियरिङ विषयका ओभरसियर तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूद्वारा तयार पारिएका प्रोजेक्ट वर्कहरुको प्रदर्शन गर्ने कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८२, बुधबार

पोखरा/इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले निर्माण गरेको प्रविधिहरुको प्रदर्शनीका लागि आजबाट नवौं ‘पेक टेक एक्सपो’ सुरु हुँदैछ । पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा आज र भोलि उक्त एक्सपो हुन लागेको हो ।

इन्जिनियरिङ विषयमा प्रिडिप्लोमा, डिप्लोमा, स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आइरहेको पोखराकै पहिलो इन्जिनियरिङ कलेजका रूपमा परिचित पोखरा इन्जिनियरिङ कलेजले हरेक दोस्रो वर्ष यस्ता प्रकारको प्राविधिक प्रदर्शनी गर्दै आइरहेको छ ।

नवौं संस्करणको एक्सपोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रदर्शनीमा इन्जिनियरिङ विषयका ओभरसियर तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूद्वारा तयार पारिएका प्रोजेक्ट वर्कहरुको प्रदर्शन गर्ने कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए । गुरुङले भने, ‘प्राविधिक ज्ञान लिइसकेपछि इनोभेटिभ गर्न सक्ने हुनुपर्छ भनेर एक्स्पो आयोजना गर्ने गरेका छौँ ।’

विद्यार्थीहरूको सृजनात्मक क्षमतालाई सार्वजनिक गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्नुका साथै विकास गरिएका प्रविधिहरूको व्यावसायिक उपयोगितालाई प्रवद्र्धन गर्ने उदेश्य रहेको बताइएको छ ।

एक्सपोमा ६० भन्दा बढी सृजनात्मक परियोजनाहरुको प्रदर्शन रहनेछन । यस्तै प्राविधिक प्रदर्शनी, अन्तर–कलेज ह्याकाथन प्रतियोगिता, कम्प्युटर तथा सूचना प्रविधि, परियोजना प्रदर्शन, वास्तुकला डिजाइन ह्याकाथन, वास्तुकला परियोजना प्रदर्शन, भित्ते कला प्रतियोगिता, पप्सिकल स्टिक पुल डिजाइन प्रतियोगिता, अन्तर–विद्यालय डिजाइन प्रतियोगिता गरी आठ प्रकारका विशेष कार्यक्रमअन्तर्गत ६० भन्दा बढी सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरिनेछ ।

एक्स्पोमा कम्प्युटर तथा सूचना प्रविधि विद्यार्थीहरूका लागि ह्याकाथन प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी वास्तुकला विद्यार्थीहरूका लागि आर्टिचेक्चर डिजाइन ह्याकाथन प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, सिर्जनात्मक डिजाइनतर्फ द्वितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ तोकिएको छ । यस्तै सिभिल इन्जिनियरिङ विद्यार्थीहरूका लागि पप्सिकल ब्रिज डिजाइन प्रतियोगितामा प्रथम ५ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

एक्स्पोमा विभागीय परियोजना प्रतियोगिताहरू पनि समावेश छन् । वास्तुकला विभागको परियोजना प्रतियोगितामा उत्कृष्ट सिर्जनात्मक डिजाइन, वेस्ट थिम एड्रेसेस र उत्कृष्ट सहभागिताका लागि १०–१० हजार रुपैयाँ पुरस्कार राखिएको छ । सिभिल इन्जिनियरिङ विभागको परियोजना प्रतियोगितामा प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->