मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भदौ २४ को विध्वसंले १ वर्ष व्यवस्थापन हुने ठाउँ १ दिनमै भरियो : मेयर आचार्य

भदौ २४ को विध्वसंले १ वर्ष व्यवस्थापन हुने ठाउँ १ दिनमै भरियो : मेयर आचार्य

मेयर आचार्यले जेन–जी आन्दोलनसँगै पढेलेखेकाले नै अहिले अनावश्यक रुपमा पोखराको दुष्प्रचार गरेको गुनासो पनि गरे । त्यस्तो लेख्ने मान्छे पनि घरभित्रबाट कुहिने फोहोरसमेत सडकमै फाल्ने गरेको पनि उनले बताए ।


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाले फोहोर उठाउन सकिरहेको छैन् । महानगरले रातको समयमा फाहोर उठाउँदै सुटुक्क व्यवस्थापन गराउँदै आइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात फोहोर व्यवस्थापनमा चुनौती थपिएको थियो । त्यो चुनौती चिर्न महानगरले पोखरा ३२ को लामेआहालमा अल्पकालका लागि फोहोर फाल्ने सम्झौता गरेको थियो ।

स्थानीयसँग ६ महिनाका लागि भन्दै गरिएको सम्झौताको म्याद थप्दै जाँदा पनि महानगर स्थायी र वैकल्पिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्न असफल रह्यो । कतै जग्गा हे¥यो, स्थानीयले विरोध गर्ने, कतै जग्गा किन्ने प्रक्रियाबारे नै प्रश्न उठ्दा लामेआहालको चिरा परेको क्षेत्र पनि भरियो । अहिले पोखराका मुख्य र भित्री सडक जताततै फोहोरको थुप्रो छ । व्यवस्थापनमा सकस भएपछि महानगरले माघ २ गते एक सूचना जारी गर्दै कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई तत्काल सडकमा ल्याएर नथुपार्न अपिल ग¥यो । तर, पोखराको मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेहरुले सडकमै फोहोर थुपार्ने काम गरिरहेका छन् ।

अहिले महानगरपालिकालाई फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेको छ । हरेक निर्वाचनमा भोटको खेती गरिने पोखराको फोहोर व्यवस्थापनबारे पोखरा ३३ मा प्रशोधन केन्द्र निर्माण गर्ने महानगरपालिकाको योजना स्थानीयको विरोधका कारण तत्काललाई तुहिएको छ ।

यता, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले भने पोखराको फोहोर नउठ्नुमा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन कारक भएको बताएका छन् । उनले जेन–जी आन्दोलनपश्चात १ वर्षलाई व्यवस्थापन हुने ठाउँ २ महिनामै भरिएको बताएका हुन् । आन्दोलनको दोस्रो दिन भवनमा भएको आगजनी र तोडफोडबाट निस्केको फोहोर तत्काल व्यवस्थापन गर्नुपर्दा लामेआहाल क्षेत्र भरिएको उनको जिकिर छ ।

‘भाटभटेनीको ५ वटा गाडीलेमात्रै झण्डै एक महिना फोहोर बोक्न प¥यो भनेपछि २ सयभन्दा बढी संरचना डढेको ठाउँमा २ दिनमा निस्केको फोहोरले त्यहाँ लैजादा एक वर्षलाई पुग्ने २ महिनामै भरियो । जसको कारणले हामीले अहिले सडकबाट हरेक दिनजसो फोहोर उठाउन सकिरहेका छैनौं । केही अल्पकालीन व्यवस्था गरेका छौं,’ मेयर आचार्यले भने, ‘सम्पूर्ण नागरिकलाई संयम रहन, बाटोमा ननिकाल्नका लागि अनुरोध गरेका छौं । विश्वास छ । एक–दुई दिनमै यसको समाधान गर्नेछौं । तर, त्यसमा हामीले खिसीमजाक गरेको देखेका छौं । पोखरा पर्यटनको सहर हेर्नुस् त । यस्तो छ भनेर मेरो ठूलाठूला फोटो पनि राखेको देख्छु ।’

मेयर आचार्यले जेन–जी आन्दोलनसँगै पढेलेखेकाले नै अहिले अनावश्यक रुपमा पोखराको दुष्प्रचार गरेको गुनासो पनि गरे । त्यस्तो लेख्ने मान्छे पनि घरभित्रबाट कुहिने फोहोरसमेत सडकमै फाल्ने गरेको पनि उनले बताए ।

‘तपाईंको पर्सनल रेस्पोन्सविलिटी (व्यक्तिगत दायित्व) हुँदैन ? पढेलेखेका व्यक्तिहरुले पनि खिसीट्युरी गरेको देखिन्छ । कम्तिमा अहिले समस्या छ । तपाईं–हामीले पनि घरबाट भरसक कुहिने–नकुहिने फोहोरलाई एक ढंगले व्यवस्थापन गरेर बाहिर निकालिदिने काम गरौं । ३६५ दिन साझ बिहान नभनेर, दशैं–तिहार,झरी–बादल, असिना–पानी नभनिकन महानगरपालिकाले फोहोर उठाएकै छ तर अहिले फाल्ने ठाउँ नभएर समस्या परेको बेला खिसीट्युरी गर्ने काम बुद्धिजीवी भनेकाहरुले पनि गर्नुभएको छ । त्यो नगर्नुहोला ।’पोखरामा एक महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->