मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रास्वपा उम्मेदवार गनेस पौडेलले सुरु गरे ‘स्थानीय संवाद यात्रा’

रास्वपा उम्मेदवार गनेस पौडेलले सुरु गरे ‘स्थानीय संवाद यात्रा’

संवादमा सहभागी स्थानीयले आफुहरुलाई ठूला भाषणभन्दा काम चाहिएको बताए ।


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८२, सोमबार

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलन गर्न ‘स्थानीय संवाद यात्रा’ सुरु गरेका छन् ।

सोमबार उनले पोखरा महानगरपालिका वडा नम्बर १४ को इन्द्रमार्ग, वडा नम्बर २६ को भवानी टोल तथा वडा नम्बर ३० र ३१ अन्तर्गत मोहोरियाका स्थानीय जनतासँग संवाद गरेका छन ।

संवादमा सहभागी स्थानीयले आफुहरुलाई ठूला भाषणभन्दा काम चाहिएको बताए । उनीहरुले युवाहरू विदेशिनु पर्ने बाध्यता घट्ने वातावरण बनाउन आवश्यक कामको अपेक्षा गरेको बताए ।

उम्मेदवार गनेस पौडेलले स्थानीयसँगको संवादलाई आफ्नो अभियानको मुख्य आधार बनाएको बताए। ‘हामी भाषण भन्दा जनताको आवाज सुन्ने र सोही बमोजिम काम गर्ने राजनीतिमा विश्वास गर्छौ। यहाँ उठेका समस्या यी सबै हाम्रो प्राथमिकतामा छन । जनताले भनेका कुरा नै हाम्रो बाचापत्रको आधार बन्छ,’ उनले भने । उनले आफुले पारदर्शिता, जवाफदेहिता र स्थानीय आवश्यकता अनुसार विकासका काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसैबीच, सोमबार नै उम्मेदवार पौडेलले रुपा गाउँपालिकाको देउराली फेदी, पोल्याङ, टाकान्जा र फैचोक क्षेत्रमा पनि जनतासँग सुझाव संकलन गरेका थिए । रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार ग्रामीण क्षेत्रका नागरिकले कृषि, सडक पहुँच र बजार व्यवस्थापनका विषयमा जोड दिएका थिए ।

रास्वपा कास्कीले “स्थानिय संवाद यात्रा” मंगलबार पनि जारी रहने जनाइएको छ । निर्वाचन संयोजक श्रवण जमरकट्टेलका अनुसार मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १४ को बिजयबस्ती, वडा नम्बर २८ का माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा कार्यक्रम तय गरिएको छ । रास्वपाले यो अभियानमार्फत घरदैलो र प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै मतदाताको विश्वास जित्न कोशिस गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->