सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सरकारले बदलाको भावना लिए स्वतन्त्र समाज मर्छ : मुख्यमन्त्री पाण्डे

सरकारले बदलाको भावना लिए स्वतन्त्र समाज मर्छ : मुख्यमन्त्री पाण्डे


  • ढाेरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रतिशोध र बदलाको भावना राखेर हिड्न नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसंगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रहरी नियन्त्रणमा छन् । जेन जी आन्दोलन छानविनका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ परेपछि गण्डकीका मुख्य मन्त्री पाण्डेले राज्यले बदलाको भावना लिएर हिड्न नहुने बताएका हुन् ।

सोमबार नेपाल पत्रकार महासंघ कास्कीको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित पोखरा पत्रकारिता सम्मान एवम् जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार अर्पण समारोहमा बोल्ने क्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले सरकारले बदलाको भावना लिएर अघि हिड्न नमिल्ने बताउँदै नेपालीले परिकल्पना गरेको स्वतन्त्र समाजको न्याय मर्न सक्ने र सरकार बलियो हुँदा वा कम्जोर हुँदा आफ्नो सम्यम्ता गुमाउन नहुने बताएका छन् ।

सत्ता सञ्चालन गर्दा नेपालको कानून कतिपय ठाउँमा बाधक बन्ने सुनाउँदै कानून संविधान बाधक बने संशोधन गर्ने अवस्था रहेपनि कानून हातमा कसैले लिन नहुने उनको भनाइ छ । जेन जी आन्दोलन पश्चात शासन फेरिएपनि कानून र संविधान नफेरिएको बताउँदै सरकार बलियो भएको अवस्थामा पत्रकारिता जगत डगमगाएमा सत्ता निरंकुश हुने बताए ।

सत्ता पक्ष बलियो भएको र प्रतिपक्षि निकै कम्जोर रहेको बेलामा पत्रकारिता जगतको ठूलो भूमिका रहेको उनले बताए । न्याय पालिकाले पनि आफ्नो संयम्ता गुमाएमा न्याय मर्ने उनले बताए । न्याय पालिकालेको भूमिका आजको दिनमा सबैभन्दा कठिन र तडकारो देखिएको उनले सुनाए ।

३ पत्रकार र सहारा क्लब पुरस्कृत
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा कास्कीमा ३ पत्रकार र सहारा क्लबलाई पुरस्कृत गरियो । नेपाल पत्रकार महासंघ कास्की शाखाले एक कार्यक्रमबीच वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई पोखरा पत्रकारिता सम्मान २०८१ बाट सम्मान गरेको हो । यसैगरी सोही पत्रकारिता पुरस्कारबाट संस्थागत तर्फ पोखराको सहारा क्लबलाई सम्मान गरिएको हो । पुरस्कारको राशी नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसैगरी स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’ र २०८२ बाट पत्रकार एकराज गिरीलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरियो । पुरस्कार र सम्मानपत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदान गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->