शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विदेशी पीआर लिने कर्मचारीमाथि कडाइ गर्दै सरकार

विदेशी पीआर लिने कर्मचारीमाथि कडाइ गर्दै सरकार


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

पोखरा/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएकाहरूको खोजी सुरु गरेको छ ।

मन्त्रालयले बुधबारमात्रै २ जनासँग स्पष्टीकरण सोधेको छ भने एक सूचना जारी गर्दै उनीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न भनिएको छ ।

मन्त्रालयका अनुसार अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभए विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढाएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको पीआर लिन वा सोका लागि आवेदनसमेत दिन नपाइने कानुनी व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->