बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दर्लिङखोलामा तीज कार्यक्रम स्थगित

दर्लिङखोलामा तीज कार्यक्रम स्थगित


  • अनिष पाठक
  • भाद्र १८ २०८३, बिहिबार

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका वडा नंंं. ९ दर्लिङखोला वडा कार्यालयले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रम यसवर्ष नगर्नेे भएको छ । रसुवा बाढीका कारण ठूलो धनजनको क्षति भएकाले यसवर्ष उत्सव र प्रतियोगितात्मक कार्यक्रमहरू स्थगित गरिएको वडा कार्यालयले जनाएको छ ।

हरितालिका तीजको अवसरमा बर्षेनि आयोजना गर्दै आएको ‘दर खुवाउने तथा तीज गीत र नृत्य प्रतियोगिता’ यसवर्ष नगर्ने वडाध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । वडाले एक सुचना जारी गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

वडाध्यक्ष केसीद्वारा जारी सूचनामा बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य सफल बनाउदै घरबारविहीन भएका पीडितहरूका लागि उचित पुनःस्थापनाको माग गरिएको छ । विपद्को यस घडीमा शोक र सहानुभूति प्रकट गर्दै वडा कार्यालयले तीज विशेष कार्यक्रम रद्द गर्ने निर्णय गरेको वडाध्यक्ष केसीले जानकारी दिए ।

यसअघि बडिगाड २ खर्वाङको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले तीजगीत कार्यक्रम स्थगित गरेको थियो । विगत ३६ वर्षदेखि पञ्चमीको भोलिपल्ट हुँदै आएको तीजगीत तथा नृत्य प्रतियोगिता रसुवा बाढीकै कारण नहुने भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->