शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

थप ५ शवको व्यवस्थापन

थप ५ शवको व्यवस्थापन

भोटेकोशी बाढीमा परी मृत्यु भएका तर तत्काल सनाखत हुन नसकेका १०२ शव पोखरामा ल्याइएकोमा ८१ शवको व्यवस्थापन र २१ शव सनाखत भई आफन्तले बुझी लगेका छन् ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार
फाइल तस्विर

पोखरा/  यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका तर तत्काल शवको सनाखत हुन नसकेका कारण थप ५ शवको आज पोखरामा व्यवस्थापन गरिएको छ ।

यसअघि ७६ शवको व्यवस्थापन गरिएकै स्थान पोखरा–१६ उपल्लो दीप शिशौघारीस्थित सिंचाईको सरकारी जग्गामा ती शव व्यवस्थापन गरिएको हो । प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार पोखरा स्थास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा होल्डमा रहेका २ महिला, २ पुरुष र १ बालको शव व्यवस्थापन गरिएको हो । शवमध्ये धादिङबाट १ र नवलपुरबाट ४ वटा पोखरा ल्याइएको थियो ।

कास्की प्रहरीका अनुसार हालसम्म कास्कीमा १०२ शव आएकोमा २१ वटा शव पहिचान अर्थात् सनाखत भई आफन्तले बुझेर लगिसकेका छन् । नवलपुर, गोरखा, तनहुँ, धादिङ जिल्लाबाट ती शवहरु पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->