आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

राष्ट्रपतिसहित इरानी टोलीलाई अमेरिकाले दियो भिसा

राष्ट्रपतिसहित इरानी टोलीलाई अमेरिकाले दियो भिसा


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८३, शुक्रबार
गत वर्ष संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानका राष्ट्रपति मसुद पेजेस्कियान (बायाँ) राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग हात मिलाउँदै।

पोखरा / अमेरिकी सरकारले अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन इरानी अधिकारीहरूलाई भिसा दिएको छ।  दुई देशबिचको युद्ध सातौँ महिनामा प्रवेश गरेका बेला इरानी अधिकारीले अमेरिका प्रवेशको अनुमति पाएका हुन्।

बीबीसीका अनुसार अमेरिका जाने स्वीकृत प्रतिनिधिमण्डलमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघची पनि समावेश छन्। अमेरिकी विदेश विभागका प्रवक्ताले बिहीबार यो निर्णय पुष्टि गरेका छन्।

इरानी प्रतिनिधिमण्डललाई यात्रामा प्रतिबन्ध लगाइने र यसका सदस्यलाई केही अमेरिकी उत्पादन खरिद गर्न नदिइने उनको भनाइ छ।  अमेरिकी विदेश विभागका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘आयोजक देशका रूपमा हाम्रो जिम्मेवारीअनुसार इरानी शासनको मुख्य प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभाको उच्च-स्तरीय सप्ताहमा भाग लिन सक्नेछ।’

उनले अगाडि भनेका छन्, ‘प्रतिनिधिमण्डल यात्रा प्रतिबन्धको अधीनमा हुनेछ र हाम्रो नीतिअनुसार विलासिता र अन्य वस्तु खरिद गर्न निषेध गरिनेछ। यो प्रतिनिधिमण्डल गत वर्षको भन्दा सानो छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->