पोखरा,८ जेठ – बैदेशिक रोजगारीमा ठगिएका युवाहरुले दायर गरेको मुद्दामा, बिभागले खराव मनसाय राखेर न्याय पाउन नसेको गुनासो अधिकांश पीडितको रहेकोछ । यसरी हुने ठगीमा बैदेशिक रोजगार बिभाग, पीडित प्रति संबेदनशिल नबन्दा यस्तो हुन गएको हो । यस्ता खालका ठगी, सरकारवादी फौजदारी मुद्दा अन्र्तगत पर्ने गर्दछन् । मुद्दाको तहकीकात बैदेशिक रोजगार बिभागले नै गर्दछ । बैदेशिक रोजगार बिभागका केहि अधिकारीहरु नै अर्को पक्ष पीडकसंग मिलिदने र पक्राउ गर्नु भन्दा अगाडी नै पीडकलाई सुचना चुहाउने गर्दा पीडितले न्याय पाउन नसकेका हुन् । कानुन् जतिसुकै प्रष्ट र कडा भए पनि मुद्दाको अनुसन्धान गर्ने, प्रमाण जुटाउन,े अधिकारी अस्पष्ट र स्वार्थी भए पछि पीडितले आषा गरिएको न्याय पाउन नसकेका हुन् । बैदेशिक रोजगारीमा हुने ठगी, सरकारवादी फौजदारी मुद्दा हो । सरकारवादी फौजदारी मुद्दा पीडित र पीडक मिलेर पनि सकिदैन तर बैदेशि रोजगारीको ठगी भने दुईपक्ष बिच मिलापत्र गराउने गरिन्छ । जुन कानुन् बिपरितको अभ्यास हो । बैदशिक रोजगार बिभागको झुकाव पीडित प्रति भन्दा पनि ठगी गर्ने ब्यक्ति प्रति बढी देखिन्छ । पीडितहरु गाउंका सामान्य,आर्थिक रुपले कमजोर, पहुच नभएका हुन्छन् । बिभागले पीडकहरुबाट आर्थिक लाभ लिन सक्ने र शासक, प्रशासक र नेतासंग पहुच भएका हुन्छन् ।
बिभागले, बैदेशिक रोजगारीमा हुने ठगीको मुद्दा सर्वप्रथम लिन नै आनाकानी गर्ने । लिए पछि पक्राउ गर्न आलटाल गर्ने । पीडकलाई सुचना चुहाएर भाग्नका लागि प्रसस्तै मौका दिने गरेको पीडितहरु नै बताउछन् । दवावमा परेर पक्राउ गरिहाले पनि धरौटीमा छोड् सक्ने प्रावधान कानुन् मै छ । जस्ले गर्दा अधिकांश पीडितले आफ्नो ठगिएको पैसा पाउदैनन् । बैदेशिक रोजगारीमा ठगीएकाहरु दर्तावाल कम्पनीसंग कारोवार नगरी ब्यक्तिसंग गरिएको हुन्छ । पैसा दिएको प्रमाण, (रसिद बैङक भौचर) हुदैन । सबै प्रमाण आफुसंग भए पनि बै।रो बिभागका कर्मचारीको ब्यवहारले गर्दा पीडितले बास्तबिक न्याय पाउन सकेका छैनन् । पीडितले मुद्दा जितिहाले पनि त्यसको क्षतिपूर्ति भराउने बारे बै.रो बिभाग उदासिन देखिन्छ । फेरी बिभागको संम्रचना प्रादेशिक पनि छैन । यो खालको ठगीमा प्रहरीले अनुसन्धान गर्दैन । मुद्दा गरेर फकिएका पीडितहरु राजकुमार गुरुङ्ग, भोजबहादुर सुनार र लोक बहादुर सुनारले एकै स्वरमा भने ‘बिभागबाट कागजी न्याय त पाईयो तर अनुभूति गर्नपाईएन ।’
पोखराका थापा, तनहुका गुरुङ्ग, सुनार र लोक बहादुर सुनारललाई पोखरा महानगरपालिका वडा नं ३१ बेगनासका बिमल सुनारले ठगी गरेको बताएका छन् । प्रेम बहादुर, राजकुमार, भोजबहादुर र लोक बहादुरलाई ग्रिस पठाई दिन्छु भन्दै बिमलले दिल्लीमा लगेर २५ दिन होटलमा राखे, सबै नक्कली कागजपत्र बनाई टर्की पु¥याएर अलपत्र पारेका थिए । बिमलले प्रत्येक युवाहरुबाट ८÷८ लाख रुपैया ठगी गरेको आरोप पीडित प्रेमबहादुरले लगाउका छन् । उनले आफु बिदेशबाट फर्केर आए पछि बैदेशिक रोजगार बिभागमा उजुरी दर्ता गरे तर बिभागले बिमल सुनारलाई धरौटीमा छाड्यो । बिमल सुनार धरौटीमा छुटे पछि सम्पर्क बिहिन भए । गत कार्तिक महिनामा प्रेमबहादुरलाई बैदेशिक राजगार बिभागबाट मुद्दा जितियो भनेर फोन आयो । प्रेम बहादुरहरुले मुद्धा जित्न त जिते तर के भयो थाहा छैन । पिडकलाई कति सजाय भयो के कति क्ष्यतिपूर्ति प्राप्त भयो सो बारे अनबिज्ञ छन् उनिहरु । सम्पर्क बिहिन रहेका पीडकबाट के कसरी क्ष्यतिपूर्ति भराउने उनिहर अन्यौलमा छन् । बैरो बिभागले कुनै वास्तै गर्दैन । सम्पर्क बिहिन रहेका बिमलको घर बेगनास ताल हो । बिमलको, बुबाको नाउमा तीन रोपनी जग्गा समेत रहेको छ । तर सो “जग्गा मुद्धा गर्दा कै समयमा रोक्का राखिनु पर्ने थियो । बैदशिक रोजगार बिभागले सो जग्गा रोक्का राखिदिएन । यसकारण अहिले क्ष्यतिपूर्ति भराउन नसकिएको हो ।” पिपुलफोरम कास्कीकी पूर्व संयोजक भूवन पराजुली काफ्लेले भनिन् । यसरी म्यानपावर कम्पनीबाट हुने ठगीका अधिकांश घटनामा यस्तै हुने गरेका छन् “कागजमा न्याय ब्यवहारमा छैन ”
छोटो समयमा धेरै कमाइहुने लोभले बैदेशिक रोजगारीका नाममा अबैद्ध रुपमा अमेरिका लगायतका युरोपियन मुलुकहरु पठाउने भन्दै ठगी गर्ने क्रम बढेको छ । पोखरा लेकसाईड घर भई बेलायत बस्ने पुरन सुनारले पदम गुरुङ, रबि थापामगर, कुल प्रसाद भण्डारी, संजय गुरुङ, र रेख बहादुर गुरुङलाई श्रमिक भिषामा अमेरिका पठाई दिन्छु भन्दै प्रतिब्यक्ति २५ लाखका दरले १ करोड ५० लाख रुपैया ठगी गरेका हुन् ।
लेकसाईड स्थित प्राईम मेडीको फर्माका संचालक पुरन सुनारका साला रोहित सुनार र उनीहरुका श्रीमति भई युवाहरुलाई बिदेश लैजानका लागि प्रति ब्यक्ति २५÷२५ लाख रुपैया उठाउने गरेको पीडित कुल प्रसाद भण्डारीका आफन्तले बताए । यी त प्रतिनिधी पात्र मात्रै हुन् बैदेशिक रोजगारीका लागि इन्डीयाको बाटो हुदै अर्जेन्टीना, होण्डुरस, बोलिभिया, कोलम्बीया, इक्वेडार, एलसाल्भाडार, ग्वाटेमाला मेक्सीको, पानामा, लगायतका दक्षिण अमेरिकी मुलुकहरु पु¥याएर अमेरिका छिराउने भनि धरै युवाहरुलाई बिचैमा अलपत्र पार्ने गरिएको छ । १० जना भन्दा बढी युवाहरुलाई ठगी गर्दै करोडौं रुपैया असुल गरे पछि पीडितका आफन्तहरु खोज्दै उजुरी गर्न आएका थिए ।
बैदशिक रोजगारीका नाममा दिनहु जसो युवाहरु ठगिने गरेका छन् । पदम, रबि, संजय, कुलप्रसाद र रेखबहादुरलाई अमेरिका पठाईदिन्छु भन्दै बेलायत बसेर पुरन सुनार र नेपाल बसेर रोहित सुनारले ठग्ने गरेका हुन् । पुरन र रोहित सुनारका श्रीमतिहरुले युवाहरुलाई धेरै कमाई हुने सपना देखाई अबैध रुपमा ठगी धन्दा चलाएको पीडितहरु बताउछन् । नेपालबाट रोहित सुनारले पठाउने बेलाउत बसेर पुरन सुनारले काजपत्र मिलाउछु भन्दै बिदेशी भूमिमा नेपाली युवालाई अलपत्र पार्ने गरेको पिडीतका आफन्तहरु बताउछन् । अमेरिका पठाउछु भन्ने र बाटैमा अलपत्र पार्नेहरुको गिरोहको संजाल संसार भर फैलिएको छ । अबैध तवरले अमेरिका छिराउदा कतिपय युवाहरुको बाटोमा नै मृत्यु हुने गरेको छ । धेरै पैसा खर्च गरेर अबैद्ध रुपमा अमेरिका, युरोप लगायतका मुलुक छिराउने क्रममा नेपाल लगायत बिभिन्न देशमा खुले आम रुपमा मानव तस्करी गरिहेका छन् । बैदेशिक रोजगारीका नाउमा संसारभर हुने मानव तस्करी बिरुद्ध अन्तराष्ट्रिय स्तरको महासन्धी निमार्ण गर्नुपर्ने देखिन्छ ।
यसरी ठूलो धनराशी खर्च गरेर बिदेश गएका बिपन्न युवाहरुलाई बिदेशमा अलपत्र पार्ने घटनाहरु प्रति सम्बन्धीत निकायले दोषीलाई कारवाही गर्ने तत्परता देखाउनुको सट्टा उल्टै उदासिन भएर पीडितलाई निरुत्साही बनाएको देखिन्छ । बैदेशिक रोजगारमा जान चाहाने युवाहरुले पनि बुझ्दै नबुझि जो कोहि ब्यक्ति, दलाल र मेनपावर कम्पनीको पनि झट्टै बिश्वास गरीहाल्न हुदैन । यदि बैदेशिक रोजगारीमा सुरक्षित कारोवार गर्न चाहानुहुन्छ भने इजाजत प्राप्त मेनपावर कम्पनी मार्फत जानुहोस । श्रीमति वा आफन्तलाई पैसा नदिनुहोस । पैसा दिए पछि नागरिकताको ठेगाना खुलाएर तमसुक बनाउनुहोस । चेक वा आइएमई गरी सम्बन्धीत ब्यक्ति कै नाउँमा पैसा पठाउनु होस । पैसा पठाउन अघि कारोवार गरिएको ब्यक्तिको खाता हो, होईन र चालुखाता हो हाईन निश्चीत गर्नुहोस । कारोवार गर्ने ब्यक्तिको सामाजिक आर्थिक अवस्था बारे पनि बुझ्नु होस । कारोवारका क्रममा गरिएका पैसा दिएको भरपाई, तमसुक, सम्झौता पत्र, स्वास्थ्य जाच प्रतिवेदन टिकट आदि कागजातका फोटोकपि घर मा सुरक्षित राख्नुहोस । कोही ब्यक्तिलाई झट्टै बिश्वास गरेर प्रलोभन वा दवाबमा परेर कुनै कारोवार नगर्नुहोस । असुरक्षित बैदेशिक रोजगारी भन्दा स्वदेश मै सानोतिनो ब्यावसायमा चित्त बुझाउनु बुद्धिमानी हुनेछ ।





