मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७६, बुधबार

बागलुङ,१५ जेठ  – बडिगाड गाउँपालिका – १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ। सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ। दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा ज्यान गएको स्थानियले वताएका छन्। शवलाई मंगलवार दिउसो पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ। सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->