संगै वाच्ने सगै मर्ने वाचा गरि विवाह वन्धनमा वाधिएका लेकसाईडका दिपक थापा (नाम परिवर्तन) अहिले पिडामा छन् । प्रेम विवाह गरेर १३ वर्ष बिताई सकेका दिपकले कहिल्यै पनि श्रीमतिले यसरी छोड्लिन भन्ने सोचेका थिएनन् । दुइ सुन्तानकी आमा भईसकेकीले अर्कै ब्यक्तिसंग दोश्रो विवाह गरेपछि दिपक अहिले विरक्तिएका छन् । श्रीमतिले ९ महिनाको नावालक छोरा र १२ वर्षकी छोरीलाई छोडेर अर्कैसंग बिवाह गरे पछि दिपकलाई छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ताले सताएको छ । ३२ बर्षका दिपक पोखराको लेकसाईड स्थित एक इलेक्ट्रीक पसलका संचालक हुन । स्थायी घर पर्वत भए पनि उनी लामो समय देखि लेकसाइडमा ब्यवसाय गदै आएका छन । त्यसो त उनलाई अर्को बिवाह गर्ने मौका र साथ नमिलेको होईन । तर छोराछोरीकोे भविश्य बनाउन अठोट गरेका छन् । उनि भन्छन ‘अर्को विवाह गरे भने सौतानि आमा वाट छोरा छोराछोरीले माया पाउन सक्दैनन् त्यस कारणले पनि म दोस्रो बिवाह गर्न सक्दिन ’ छोराछोरी कै खुसीमा आफुपनि खुसी भएको वताउछन् ।
यस्तै स्याङ्गजाकी भगवती पौडेल (परिर्वतित नाम) को सानै उमेरमा बिवाह भयो । भगवतीको पढाई आधा छोडेर बिवाह गर्ने इच्छा थिएन । तर आमाको अगाडी उनको केहि चलेन । आमाले भगवतीलाई अष्टेलियाको केटा पोखरामा पनि घर धनसम्पत्ति पनि राम्रै छ भनेर फकाई बिवाह गरिदिईन् । भगवतीले बिवाह गरेको २८ बर्ष भयो । भगवती ४५ बर्ष र उनका लोग्ने श्याम ४८ बर्षका भए । उनिहरुको सम्बन्धमा विवाह गरेको केही बर्ष पछि देखि नै खटपट शुरु भयो । भगवतीलाई लोग्नेले बेवास्ता गर्ने, माया नगर्ने, सम्वन्ध बिच्छेद गर्न खोजेकी थिईन् तर आमाले रोकिन् । सम्बन्ध बिग्रदै गर्दा पनि तीन छोरी र एक छोराकी आमा बनिन् भगवती । अहिले यो उमेरमा भगवतीलाई लोग्नेले झन बढी शारिरीक तथा मानसिक यातना दिन थाले । यसरी बस्न हुन्न भनेर भगवती सम्बन्ध विच्छेद गर्न अदालत पुगिन । पतिले जती वेला पनि रक्सी खाएर कुटपिट गर्ने, सहन नसके पछि आफ्नो जिवनको सुरक्षा र स्वतन्त्रताका लागि अदालत जानु परेको भगवतीले बताईन् । यसरी भगवतीकी आमाले बिदेश (अष्ट्रेलिया) मा बस्ने धनि परिवारको केटा भनेर आचरण नै नहेरी सम्पतिको लोभले बिवाह इच्छा बिपरित बिवाह गरिदिदा भगवतीको पारिवारिक जिवन शुखमय बन्न सकेन । भगवती भन्छिन् ‘बस्न सक्ने अवस्था सम्म बसें । आमा बाबाको इज्जत हेरेर यतिका बर्ष सम्म बसियो । तर लोग्नेको शारिरीक र मानसिक यातना सहन नसकेर आफ्नो स्बतन्त्रता र सुरक्षाको लागि अदातलत जानु प¥यो । ’
यस्तै अर्का पीडित पात्र हुन्, स्याङ्गजाका रोहित पौडेल (परिर्वतित नाम ) । पोखराको लेकसाइडमा वेकरीको उद्योग संचालन गर्दै आएका उनि श्रीमतीबाट पिडित छन् । रोहितकी श्रीमतीले विभिन्न वाहाना वनाएर सम्पुर्ण जग्गा जमिन आफ्नो नाममा पास गरिन् । अनि शुरु भयो उनको असली हर्कत । सम्पुर्ण चल अचल सम्पति आफ्नो नाममा गरेपछि पर पुरुषसगँ सम्बन्ध राख्न थालिन् । उनिहरुले दोश्रो विवाह गरेपछि रोहितसंग न श्रीमति छन् न सम्पत्ति नै । अहिले उनि तनावमा छन् । ८ बर्षिय छोरीलाई छोडेर भएको सबै सम्पत्ति लिएर श्रीमतीले हिडेपछि उनलाई छोरा कसरी हुर्काउने भन्ने चिन्ता परेको छ ।
गोर्खा स्थायी घर भएका हृदम गुरुङ्ग (नाम परिवर्तन) विगत १० वर्ष देखि पोखराको नया वजारमा अस्थायी रुपमा वसोवास गदै आएका थिए । पोखरामा सानो ब्यावसाय गरेर जसोतसो श्रीमती र छोराछोरी पाल्दै आएका उनलाई पैसाले नपुगेर, श्रीमतिले बैदेशिक रोजगारीमा जाने सल्लाह दिईन् । जाने योजना वनाए । दुवईमा डाइभीङ गर्न थाले पैसा पनि कमाए पोखरामा जग्गा पनि जोडे । एउटा घर वनाएर श्रीमती र छोराछोरीलाई सुख दिने उनको सपना थियो । तर त्यो सपना कहिल्यै पुरा हुन पाएन । त्यो सपना उनका लागि ठूलो अभिसापमा बन्यो । गुरुङले घर निमार्ण गर्न जसलाई ठेक्का दिए श्रीमतिले त्यहि ठेगदारसंग दोश्रो विवाह गरिन् । गुरुङले आफु दुवइ हुदै थाहा पाएर घर आए नावालक छोराछोरीले भने ‘वावा हजुरले घर वनाएर ठेकदार अंकलले हाम्रो ममी नै लगिदिनु भयो ।’ यसो भन्दा उनि अवाक पर्छन् । गुरुङ जसका खुसीका लागि उनि बिदेशिएका थिए तिनै छैनन् । बैदेशिक रोजगारीले ल्याएको पारिवारिक बिखण्डन ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार लोक नाथ पराजुली भन्छन् ‘भखरै विवाह गरेका मात्रै होईन दशकौं संगै वसेका जोडिहरु समेत सम्वन्ध विच्छेद गर्न आउछन् ।’ हामीले शुरुमा दुवै जनालाई मिलाउने प्रयास गर्छौ तर कसैगरी सहमतीमा आउन नचाहे पछि अदालतको नियम अनुसार सम्वन्ध विच्छेदको प्रक्रिया अघि वढ्छ । पती पत्नी विच समझदारी टुटेपछि एकले अर्कोलाई वाधा र ब्यवधान गर्न उचित हुदैन । यस वर्ष अहिले सम्म कास्की जिल्ला अदालतमा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका मध्ये लगभग २५ प्रतिसत निवेदन श्रीमती संग सम्वन्ध विच्छेद गरि पाउँ भनी श्रीमान्ले दिएका निवेदनहरु छन् । श्रीमान पिडित भएको भन्दै उजुरी दिनुलाई सामान्य मानिए पनि श्रीमतीवाट पिडितका उजुरी भने सवैको लागि नौलो हुने गरेको छ ।





