मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

दशनामी युवा समिति गण्डकीद्धारा प्रशिक्षण

दशनामी युवा समिति गण्डकीद्धारा प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७६, शनिबार

पोखरा, ७ असार – नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा नेपाल दशनामी युवा समिति कास्कीको सहकार्यमा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा देशभरीका दशनामी युवाहरुको सहभागीता रहेको थियो । सोही अवसरमा दशनामी संस्कार सम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कम्यूनिटि सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, लागु औषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख तथा इन्स्पेक्टर टेक बहादुर रावत र नेपाल दशनामी समाजका केन्द्रीय सदस्य तुल्सी गिरी प्रशिक्षकको रुपमा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले लागु औषध सम्बन्धी सचेतनाका लागि यस्तो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताए ।उनले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै खुशी ब्यक्त गरे । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल दशनामी समाजकी उपाध्यक्ष सरस्वती गिरी, नेपाल दशनामी समाजका सचिव तथा युवा संयोजक अशोक गिरी, केन्द्रिय सदस्य गोपाल गिरी, नेपाल दशनामी समाज गण्डकी अध्यक्ष इश्वर गिरी, नेपाल दशनामी समाज महिला समिति केन्द्रीय उपाध्यक्ष शारदा गिरी, नेपाल दशनामी समाज कास्कीका अध्यक्ष जगत मोहन गिरीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत नेपाल दशनामी युवा समिति अध्यक्ष किसन गिरीले गरेका थिए भने संचालन नेपाल दशनामी युवा समिति गण्डकी सचिव मनोज गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->