मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

शिशुको पालनपोषणका ७ लाख सहयोग

शिशुको पालनपोषणका ७ लाख सहयोग


  • Dhorpatan News
  • असार १३ २०७६, शुक्रबार

म्याग्दी, १३ असार-   जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादिक्षाका लागि मोना जापानले करिव ७ लाख आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६ लाख ७७ हजार ७८८ रुपैयाँ शिशु प्रसिद्धी दर्जीको नाममा गरिका विकास बैंकको केन्द्रिय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिए ।
‘पालनपोषणदेखि शिक्षादिक्षामा खर्च गर्ने गरी मुद्धतिमा राखिएको छ,‘आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौ‘ श्रेष्ठले भने । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जीको ब्रेन ट्यूमर रोगबाट ग्रसित थिइन् । दर्जीको मृत्युपछि एकमहिनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।
उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानुनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दिपक केसीले अस्पतालको शैयामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादिक्षा र पालानपोषणमै खर्च गरिने बताए । ‘जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौ केसीले भने ।
केसीले संकलन गरिएको आर्थिकलाई मोना जापानको प्रतिनिधि सहित आफन्तको नाममा बैकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिए ।
बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीनजनाको नाममा खाता सञ्चालन गरिएको छ । यसअगाडी मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले ८९ हजार सहयोग हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->