पर्वत, १५ असार – बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पौडेलले पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिलाई ५० हजार १ सय ११ रुपैंयाँ आर्थिक सहयोग गरेका हुन् । पौडेल राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेसबिज्ञ हुन् । बिद्यालयमा कम्प्युटर शिक्षक राख्नका लागि सहयोग पुगोस् भनेर ५० हजारबाट कोष स्थापनाको शुरुवात गरेको पौडेलले बताए । बिबाहको प्रितिभोजको अवसरमा उक्त रकम वडा अध्यक्ष तेजप्रसाद पाध्याको उपस्थितिमिा पौडेलका बुवा यामनाथ शर्माले बिद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलाई हस्तान्तरण गरे । काफलचौर माध्यामिक विद्यालयमा कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा अध्यापन हुँदै आएको छ । बिद्यालयमा सुबिधा सम्पन्न कम्युटर ल्याब समेत रहेको छ तर गाउँमा अध्यापन गराउनका लागि कम्युटर शिक्षकको अभाब हुँदै आएका कारण प्रयोगात्मक कक्षा सञ्चालनमा समस्या हुँदै आएको छ ।
कोष स्थापनापछि आफुँले र अन्य इच्छुकले समेत त्यसमा सहयोग राशि थप्दै गएर भबिश्यमा शिक्षकको तलब खुवाउने समस्या नहोस भन्ने उद्देश्य राखिएको पौडेलको भनाई छ । ‘कोषको शुरुवात मैले गरेपनि उक्त कोषमा देश बिदेशमा रहनुभएका सबैले यस्तै पर्वहरुमा सहयोग गरेर कोषबृद्धि गर्ने अपेक्षा लिएको छु ।’ कोष स्थापनााट कम्प्युटरको अध्ययन सहज हुने छ ।
शिक्षा दिने उद्देश्य राखिएको उनको भनाई छ ।
तिमिल्सीनाका प्रेसबिज्ञ पौडेलको असार १० गते कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटीकी प्रतिभा सुबेदी संग बिबाह भएको हो ।





