मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

मेयर नेपालीको पहलमा ढोरपाटनकी सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार

मेयर नेपालीको पहलमा ढोरपाटनकी सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार


  • सुमन सुनार
  • असार १७ २०७६, मंगलबार

बुर्तिबाङ,१७ असार – ढोरपाटन नगरपालिकाकी एक सुत्केरी आमा र बच्चाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।  ढोरपाटन नगरपालिका वडा नं. ९ मर्माका टेक बहादुर वि.क.का श्रीमती कोपिला वि.क.को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया मार्फत प्रसुती गराइएपनि बच्चा र आमा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको हो । २१ वर्षिय वि.क.को ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको विशेष पहलमा हेलिकप्टर मार्फत उद्धार गर्न सफल भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले जानकारी दिए ।
सुत्केरी व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी वि.क.को भिडियो एक्सरे गरी हेर्दा गर्भमा रहेको बच्चाको मुटुको धड्कन निकै कम देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने भएको थियो । सल्यक्रिया गरी प्रशुती गराउन सफल भए पनि बच्चाको स्वास्थ्यमा सुधार नभएपछि रिफर गर्नु परेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्ण हरी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, हामीले सल्यक्रिया गरी प्रशुती गरायौँ, तर बच्चाले सास फेर्न नसक्ने, मुटुको धड्कन पनि रोकिएको थियो, पछि सि.पि.आर गरेर बच्चाको धड्कन पर्काउन सफल भयौँ । बच्चालाई एन.आई.सी.यू.को आवश्यकता भएको र धेरै रक्तश्रावका कारण आमाको स्वास्थ्य अवस्थामा पनि समस्या देखिएकाले स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको उनको भनाई छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा विशेष पहल गरेपछि थप उपचारका लागि आकस्मीक उद्धार गर्न सम्भव भएको डाक्टर श्रेष्ठले बताए ।
दिउँसो करिव ४ बजेको समयमा प्रभु कम्पनीको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो । नगर प्रमुख नेपालीले आमा र बच्चाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पु¥याउने उद्धेश्यले नगद रकम सहयोग गरेका छन ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले सुत्केरी आमा र बच्चाको लागि निःशुल्क हेलिकप्टर चार्टरको व्यवस्था मिलाएको हो । अहिले आमा र बच्चालाई पोखरा स्थीत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा भर्ना गरिसकिएको र थप उपचार भैरहेको विरामीका साथमा जानुभएका डा. दिलिप कोजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->