मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

खोलाछेउमा निःशुल्क स्वास्थ्य परिक्षण

खोलाछेउमा निःशुल्क स्वास्थ्य परिक्षण


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७६, आइतबार

पोखरा,२२ असार –  लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगरपालिका वडा नं ३२ र रुपा गाउँपालिका वडा नं ६ स्थित खोलाछेउमा निःशुल्क जनस्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो स्वास्थ्य शिविरबाट करिब दुईसय जना स्थानीयले लाभ लिएका थिए भने ३५ पोइन्ट रगत संकलन भएको थियो । कार्यक्रमको प्राबिधिक सहयोग स्वस्तिक रिफर ल्याव तथा रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको टिमले गरेको थियो ।
बृहद स्वास्थ्यशिबिर तथा रक्तदान कार्यक्रमको उद्घाटन पूर्व स्वास्थ्यमत्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीले गरेका थिए । उनले पहिलो रक्तदाता तथा लायन्स क्लव अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापालाई रक्त ब्याग हस्तान्तरण गरेका थिए ।
समारोहलाई सम्बोधनगर्दै सांसद अधिकारीले संविधानमा भएको सकुशल जन्मन पाउने नागरिको अधिकारलाई कानूनले समेटेको बताए । उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएर जनताको हितमा काम गरेको दावी गरे । उनले फरक प्रसङ्गमा रोजगारीलाई मौलिक अधिकार मानेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदा पनि श्रमलाई घृण गर्ने प्रबृत्ति देखिएको दावी गरे । रुपा गाउपालिका का अध्यक्ष नवराज ओझाले निःशुल्क स्वास्थ्य शिविरहरु गाउँहरुमा पनि शिविर हुनुपर्ने बताए । कार्यक्रमा कर्मशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव कुँवर, सहकारी संस्थाका उपाध्यक्ष संगिता गौतम तिवारी, सहकारी संस्थाका संचालक समिति सदस्य सरिता केसी लगायतका बक्ताहरुले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->