शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बरिष्ठ नेता गौतम र महासचिव पौडेल भोली सिंगापुर जाँदै

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बरिष्ठ नेता गौतम र महासचिव पौडेल भोली सिंगापुर जाँदै

सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७६, सोमबार

पोखरा, १६ भदौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान लागेका हुन् । भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ । भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->