शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

वैदेशिक रोजगारमा बेपत्ता सरिता !

वैदेशिक रोजगारमा बेपत्ता सरिता !


  • दुर्गा भण्डारी
  • भाद्र २६ २०७६, बिहिबार

पोखरा,२६ भदौ – पोखराकी सरिता ताम्राकार वैदशिक रोजगारीमा गएको १२ वर्षभन्दा बढी भयो । १२ वर्षमा खोलो पनि फर्कन्छ, भन्छन्, बूढापाकाहरु । तर, सरिताको भने अत्तोपत्तो छैन । काखको छोरा छाडेर गएकी उनी कहाँ छिन् ? परिवारलाई थाहै छैन । लोग्नेसँग कुरा नमिलेपछि उनले सम्बन्ध विच्छेद गरिन् । दिदीकी ९ महिनाकी छोरी र आफ्नै छोरालाई पाल्ने दायित्व उनकै काँधमा थियो । न पर्याप्त सम्पत्ति, न दिगो आम्दानीको स्रोत । उनले वैदेशिक रोजगारीको बाटो रोजिन् । दलालले उनलाई भारतको बाटोहुँदै खाडी मूलुक पु¥यायो । कतार गएकी भनिएकी उनको अहिले कसैसँग टेलिफोन सम्पर्क पनि छैन ।
यस्तै, अर्की पात्र हुन्, गोरखा छोप्राक–७ घर भएकी प्रमिला कुमाल । कुमाललाई स्याङजा प्रगतिनगर २ घर भएका अर्जुन शर्माले ललाईफकाई भारत पु¥याएका थिए । पोखराकै एक होटलमा काम गरिरहेकी १७ बर्षकी प्रमिलालाई अर्जुनले ‘ओमनमा हाउसकिपिङको काम लगाइदिन्छु । आम्दानी पनि राम्रो छ ।’ भन्दै भारतको बाटोहुँदै श्रीलंका पु¥याए । श्रीलंकामा ३ महिनासम्म कोठामा बन्द ! तीन महिनापछि बल्ल कुबेत पु¥याए । भारतमा रहँदा अर्जुनले प्रमिलालगायत ५÷६ जना महिलालाई कोठा फेर्दै राख्थे । बेला–बेलामा दिल्ली पुलिसले छापा मार्ने डरले उनले यस्तो गरेका रहेछन् । त्यसो त, यो काममा भारतकै दलालको पनि संलग्नता रहेको थियो । १० देखि १२ दिन दिल्लीमा राखेर ती दलालहरुले प्रमिला लगायत अन्य युवतीहरुलाई दिल्ली एयपोर्टबाट श्रीलंकासम्म पु¥याएका थिए । प्रमिलासंगै श्रीलंकामा बसेका ६०÷७० जना महिलाको अवस्था कस्तो छ अझै पनि अज्ञात छ ।
प्रमिलालाई त सी.एम.आई.आर.र पिपुल फोरम भन्ने संस्थाले स्वदेश फर्काउन पहल ग¥यो । तर सरितालाई फिर्ता ल्याउने कोही भएन । सि.एम.आई.आरले मलेसिया लगायतका खाडी मुलुकहरुमा दुःख पिडामा परेका आप्रवासी कामदारको उद्धार गर्ने अभियान नै संचालन गरेको छ । अहिलेसम्म सिएमआईआरले प्रत्येक बर्ष हजारभन्दा बढी युवायुवती र उनीहरुको परिवारलाई आप्रवासनमा हुने समस्याको साथी सहयोगीको भूमिका खेल्दै आएको छ ।
प्रमिलाको राहदानी र प्रवेशआज्ञा नक्कली भएकाले खोजी गर्न समेत कठिनाई भएको थियो । छोरी हराएपछि प्रमिलाका बाबुआमा बिभिन्न संघ संस्थासंग गुहार मागे । प्रमिलाका अभिभावकले पिपुल फोरम कास्कीमा सूचना दिएपछि पिपुल फोरम र सिएमआइआरले बेचिएकोे ५ महिनापछि फिर्ता ल्याउन सफल भयो । विदेशमा अलपत्र परेकी अर्की युवती अस्मिता ज्वालालाई पनि पिपुल फोरम कास्कीले सिएमआईआरसँग समन्वय गरी फर्काउन सफल भएको छ । यसरी वैदेशिक रोजगारीका नाउँमा महिलाहरु खाडी लगायतका मुलुकहरुमा बेचिने क्रम रोकिएको छैन, बरु बढेर गएको छ ।
सरकारले अब नाका नाकामा चेलीबेटी बेचबिखन बिरुद्धको अभियान चलाउने र स्वदेशमै रोजगारीका अवसर श्रृजना नगरेसम्म नेपाली महिलाहरुको बेचबिखन हुने कार्य अन्त्य नहुने देखिन्छ । जोखिम मोल्दै वैदेशिक रोजगारीमा गएका महिलाहरुले आफ्नो र बालबच्चाको भविष्यका लागि ठूलो सपना देखेका हुन्छन् । तर, विदेश पुगेका नेपाली महिलाहरु हिंसा र यौन दुब्र्यवहारको सिकार बन्न पुग्छन् । सरिता जस्तै थुप्रै पात्रहरु बिदेशमा हराइरहेका छन् । खोज्ने कस्ले ? प्रश्न गम्भिर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->