मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मन्त्रीलाई राष्ट्रपति र राज्यमन्त्रीलाई प्रधानमन्त्रीद्वारा पदतथा गोपनियताको सपथ गराईयो


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७६, बिहिबार

बागलुङ, ५ मंसिर– नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराईएको छ । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा गोपनीयताको शपथ ग्रहण गराईएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डार र राज्यमन्त्रीहरुलमई प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शपथ ग्रहण गराईएको थियो । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।संवैधानिक व्यवस्था अनुसार नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ ग्रहण गराएकी हुन्। नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
मन्त्री पद गुमाउनेहरू ८ मन्त्रीमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->