आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रचण्डले धरान पुगेर भने : ‘कांग्रेस खोज्न दियो बाल्नुपर्ने भयो’

प्रचण्डले धरान पुगेर भने : ‘कांग्रेस खोज्न दियो बाल्नुपर्ने भयो’

सरकार आफ्नो काममा गतिशील रहेकोले धेरै स्थानमा उपनिर्वाचनमा नेकपा नै विजयी हुने पनि दाबी गरे ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

पोखरा, ११ मंसिर – चुनावी प्रचारको अन्तिम दिन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै धपडी गरेका छन । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली विरामी भएपछि चुनावी प्रचारमा उनको धपडी वढेको हो । वुधवार दिउसो पोखराको चुनावी सभालाई सम्वोधन गरेपछि प्रचण्ड भक्तपुरको सभामा पुगे भने वेलुका धरानको चुनावीसभामा भाग लिन पुगे । धरानको सभामा उनी कांग्रेसले गलत प्रचार गरेको भन्दै आक्रामक बने । मौन अवधि सुरु हुन केही घण्टामात्र बाँकी रहँदा नेकपाले धरानमा चुनावी आमसभा सम्पन्न गरको हो ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले अरुलाई गालीमात्र गर्ने कांग्रेसले आफूलाई सुधार नगरे दियो बालेर खोज्नुुपर्ने दिन आउने बताए । भने,‘‘यही रवैया हो भने एक दिन कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने दिन आउन सक्छ ।’’ उनले बलियो विपक्षी हुँदा राष्ट्रलाइ हित हुने भन्दै अरुकोभन्दा आफ्नो चिन्ता लिन कांग्रेसलाई आग्रह पनि गरे ।
आफू र अर्का अध्यक्ष ओलीप्रति कांग्रेस नेताले गरेको टिप्पणीप्रति प्रचण्ड धरानको चुनावी सभामा कडा रुपमा प्रस्तुत हुँदै भने, ‘‘मलाई प्रधानमन्त्रीको पद दिएर लोभ्याउन खोजेको हो तर कांग्रेसको मुख्य उद्देश्य कम्युनिष्ट एकता नहोस् भन्ने नै हो ।’’ उनले देशलाई समुन्नत होस् भन्ने पक्षमा कांग्रेस नभएको भन्दै राम्रो काम गर्दा पनि नराम्रो देखेर गाली गर्दै समय खर्चने काम भएको प्रचण्डले आरोप लगाए ।  उनले आलोपालोबाट दोधार हुने भन्दै एकजनाले ५ वर्ष ढुक्क सरकार चलाउने र एकजनाले पार्टी सुदृढीकरणमा लाग्ने प्रस्ताव आफुुले गरेको बताए । भने,‘‘दुई पार्टीको एकताबाट नआत्तिनुहोस बरु जनताको पक्षमा काम गर्न थाल्नुस् ।’’ मंगलबार कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा चुनावी सभा गर्दै शक्ति प्रदर्शन गरेको थियो ।
पूर्वसभामुख तथा नेकपाका नेता सुवास नेवाङले प्रधानमन्त्रीको सक्रियतामा लिपुलेकमा मिचिएको नेपाली भूमि फर्काउन पहल भइरहेको बताए । भने,‘‘तर, यो विषयलाई प्रमुख विपक्षी कांग्रेसले चुनावी एजेण्डामात्र बनाउन खोजेको छ ।’’ सरकारले काम गरिरहेको उनले दाबी गरे । नेम्वाङ सरकार आफ्नो काममा गतिशील रहेकोले धेरै स्थानमा उपनिर्वाचनमा नेकपा नै विजयी हुने पनि दाबी गरे ।
धरानमा प्रमुख पदका उमेदवार प्रकाश राईले नेकपाबाट शुरु गरिएका तर बाँकी रहेका काम पूरा गर्न आफ्नो उमेदवारी भएको बताए । भने,‘‘जनताको अधिकार रक्षार्थ र विकासको चाहना पूरा गर्न भरमुग्न प्रयास गर्नेछु ।’’ सभामा नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्यले दशकदेखि धरानका जनताले नेकपालाई नै विश्वास गर्दै आएकोले यो पटक पनि सुनिश्चित विजय हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->