मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बिश्व मानब अधिकार दिवसमा बागलुङमा दिप प्रज्जवलन

बिश्व मानब अधिकार दिवसमा बागलुङमा दिप प्रज्जवलन


  • Dhorpatan News
  • मंसिर २५ २०७६, बुधबार

बागलुङ, २५ मंसिर – बिश्व मानब अधिकार दिवस बागलुङमा पनि एक कार्यक्रमका विच मनाइएको छ । मर्यादित महिनावारीको लागि लैंगिक हिसा बिरुद्ध १६ दिने अभियान समापन दिवसको अवसरमा मंगलवार वेलुका स्थानीय समिटचोकमा बृहत जनसहभागिता सहित सो कार्यक्रम मनाईएको हो ।
कार्यक्रममा स्थानीय महिला र पुरुष यूवाहरुले मानब अधिकार र महिला हिसा तथा मर्यादित महिनावारीको प्लेकार्ड र ब्यानर प्रदर्शनी संगै मैन प्रज्जवलन गरेर कार्यक्रम समपन्न गरिएको हो । सहभागीमध्ये सबै भन्दा बढी उमेरका महिला पुरुषले मैन बति सल्काएर कार्यक्रमको सुरुवता गरियो ।
कार्यक्रममा बोल्दै सत्कर्म नेपालको संस्थापक एर्वं नागरिक संजालको संयोजक सीताराम थापाले बिश्यब्यापी मानब अधिकारको रक्षाका लागि नेपालमा नयाँ पुस्ता यूवा समुहले थाहा पाएर परिचालन हुनुपर्नेमा जोड दिए । उनले महिला तथा पछाडि पारीएका गरिब बर्गको सामाजिक, सांस्कृतिक अधिकार सुनिश्चित गर्न राज्य र सरोकारवाला निकाय जवाफदेहिता हुनुपर्ने वताए । नेपालमा दण्डहिनताको अन्त्य र सुशासनलाई जनताले अनुभूत हुने गरि अधिकारको स्थापित गर्नसकेमा मात्र मानब अधिकारको गरिमा बढ्ने बताए ।
महिला मानब अधिकार रक्षक ज्ञानुदेबी थापामगरले महिला हिसाको अन्त्य गर्न बलात्कारलाई न्यूनिकरण गर्दै मर्यादित महिनावारी अबको आवश्यकता भएको उल्लेख गर्दै मर्यादित महिनावारी सबैको जिम्मेवारी भएको बताईन । थापाले गाँउघरमा रहेका महिला र गरिब बर्गको समुह र संस्थाहरुमा मानब अधिकारको प्रत्याभूति नहुनु र अधिकारको लागि आर्थिक श्रोत नहुँदा महिलाले अधिकार नपाएको वताईन ।
सो अवसरमा एमनेष्टी इन्तरनेशनलका प्रतिनिधि श्रीकृष्ण पौडेलले जनताले लोकतान्त्रिक गणतन्त्र पाएको अनुभूति हुन नसक्दा हिंसामुक्त समाज अपरिहार्य भाएको वताए । कार्यक्रम सत्कर्म नेपाल, आमा मिलन केन्द्र, महिला मानब अधिकार रक्षकको संजाल र नागरिक संजालको साझेदारीतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->