मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

हृदयघात भई चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

हृदयघात भई चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०७६, सोमबार

काठमाडौं, ३० मंसिर – फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। निधनको हृदयघात भएको हुनसक्ने चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी दिए।
सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए।  सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने पनि लामाले बताए। ५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->