आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रतिनिधिसभा सदस्यको शपथ लिइन् विद्याले, कानुन र विकास निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको भनाई

प्रतिनिधिसभा सदस्यको शपथ लिइन् विद्याले, कानुन र विकास निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको भनाई


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७६, मंगलबार

काठमाडौं,१ पुस – प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छिन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई सिंहदरबारस्थित संसद सचिवालयमा दिउँसो १ बजे शपथ गराएकी हुन्। मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की-२ बाट भट्टराई विजयी भएकी थिइन्।
उनले ८ हजार ४ सय तीन मतअन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गर्दै जीत हात पारेकी थिइन्। विद्याले उपनिर्वाचनमा २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका थिए। तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदका लागि कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रविन्द्रकी पत्‍नी विद्यालाई उम्मेदवार बनाएको थियो।
शपथ ग्रहणपछि भट्टराईले कानुन र विकास निर्माण आफ्नो पहिलो प्राथमिकता रहने बताएकी छन् । संसद् सचिवालयमा मंगलबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भट्टराईले कानुन निर्माण र आफ्नो निर्वाचन क्षेत्र विकासमा लाग्ने प्रतिबद्धता जनाइन् । ‘हाम्रो दायित्व कानुन निर्माण र विकास निर्माणको हुन्छ। त्यहीअनुसार पहिलो प्राथमिकता कानुन निर्माण र आफ्नो क्षेत्रको विकासलाई दिने छु’ उनले भनिन्। भट्टराईले आफूलाई विजयी गराउने मतदाता र अन्य सहयोगीलाई धन्यवाद दिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->