आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नारायणकाजी सहित नेकपाले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार

नारायणकाजी सहित नेकपाले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७६, शुक्रबार
sf7df8f}F,!& k'; M ;lrjfno a}7s k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ a;]sf] ;lrjfno a}7sdf k|wfgdGqL tyf g]kfn sDo'lgi6 kf6L{-g]skf_sf cWoIf s]kL zdf{ cf]nL / csf{ cWoIf k'iksdn bfxfn …k|r08Únufot g]tf . t:jL/M rG›snf If]qL÷/f;;

काठमाडौं, १८ पुस – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भसुाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् । प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको प्रचार विभागका सहसंयोजक सूर्य थापाले वताए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। सबै क्षेत्रमा जित निश्चित देखिएको नेकपाभित्र उम्मेदवार बन्न र बनाउन दौडधुप चलेको थियो। राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि माघ ९ गने निर्वाचन हुँदै छ। राष्ट्रपतिबाट मनोनित हुने एक पदमा सरकारले पछि सिफारिस गर्नेछ। प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले १६ पदमा उम्मेदवारी दिनेछ। राजपाले २ सिटमा उम्मेदवार पाउनेछ।
राष्टिय सभामा नेकपाका उम्मेदवारहरु:

प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)

प्रदेश २ 
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश ३
गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)

गण्डकी
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)

कर्णाली
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि महिला

सुदूरपश्चिम
तारामान स्वार(अन्य)
शारदा भट्ट (महिला)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->