पोखरा, २५ पुस – गण्डकी प्रदेश सभा सदस्य तथा टे«ड युनियन महासंघ जिफन्टका उपाध्यक्ष मिना गुरुङले अति बिपन्न महिला मजदुरका लागि सामुहिक आवास गृह बनाउन प्रदेश सरकारसंग जोडदार माग गरेकी छिन् । उनले नेपालका बिकट पहाडी जिल्लाबाट पोखरा आई मजदुरी गर्ने, बिशेष गरी महिलाहरुलाई प्रदेश सरकारले आवासको ब्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।
सासंद गुरुङले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट पेश गर्दा देश बनाउने कर्मिको पक्षमा ध्यान नपु¥याएको आरोप समेत लगाईन । उनले भनिन् ‘अवका दिनमा बिपन्न महिला मजदुरको हितमा बजेट आओस् । पोखरा जस्तो महंगो शहरमा न्यून आय भएका महिला मजदुरहरुले सुत्केरी अवस्थामा कष्टकर जिवन बिताउनु परेकोछ ।’ सांसद गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै औद्यागिक प्रतिष्ठानहरुलाई आवद्ध गराउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिईन ।
असंगठित क्षेत्रमा जोखिमपूर्ण काम गर्ने मजदुरहरुको भौतिक सुरक्षा र बिमाको प्रवन्ध गरिनु पर्नेमा जोड दिईन । सांसद गुरुङले भनिन् ‘ क्षतिपूर्तिले जीवन साटिदैन । कसैलाई जोखिमपूर्ण काममा लगाउदा सुरक्षाको प्रवन्ध गर्नुपर्छ । कमसेकम सरकारी काममा त सुरक्षा उपाय होस् । ’ उनले भनिन् । अर्को प्रसंगमा सांसद गुरुङले हाम्रो समाज आर्थिक रुपले अनुशासन हिन बन्दै गएको अवस्थामा अनुशासन कायम गर्न प्रदेश सरकारबाट पहल हुनु पर्दछ ।





