आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु : सभामुख सापकोटा

तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु : सभामुख सापकोटा


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७६, आइतबार

काठमाडौँ, १२ माघ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफू तटस्थ र निष्पक्ष सभामुख बन्न दत्तचित्त भएर निरन्तर लाग्ने बताएका छन् । सर्वसम्मतिबाट सभामुख चयन भएलगत्तै संसद परिसरमा संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले आफूलाई निर्वाचित गर्ने सबै पार्टीलाई धन्यवाद दिए । ‘म हाम्रो पार्टी तथा कांग्रेस र संघीय समाजवादीलाई पनि धन्यवाद दिन्छु,’ उनले भने।
संसदमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले यसअघिका सभामुख तटस्थ नभएको भनेर टिप्पणी गरेको तर्फ गरिएको प्रश्नमा उनले भने, ‘मीनेन्द्रजीले भन्नु भएको मूल्यमान्यताको कुरा हो। म तटस्थ बन्न दत्तचित्त छु।’ उनले सपथको प्रक्रिया बाँकी रहेको भन्दै थप टिप्पणी गर्न मानेनन्। सर्वोच्चमा उनीविरुद्ध परेको रिटका विषयमा पनि उनले टिप्पणी गर्न मानेनन्। ‘यसबारे पछि कुरा गरौंला’ उनले भने।
द्वन्द्वकालमा अर्जुन लामाको हत्या आरोप लागेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दीनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्चले आइतबार नै पेशी तोकेको थियो। तर, इजलास तोकिएका न्यायाधीश हरि फूँयालले यसअघि सापकोटाविरुद्ध सुशील प्याकुरेलले दायर गरेको रिटमा बहस गरेका कारण हेर्न नमिलेकाले सुनुवाई रोकिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->