मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जगतको शिक्षाको जिम्मा लिइन शान्तमायाले

जगतको शिक्षाको जिम्मा लिइन शान्तमायाले


  • ढोरपाटन संबाददाता
  • माघ १४ २०७६, मंगलबार

पोखरा,१४ माघ- आफ्नो जन्मदिनको अवसर पारेर शान्तमाया परियारले एक विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेकी छन । मनाङकी शान्तमाया परियारले कक्षा ५ मा अध्यनरत जगत गुरुङलाई कक्षा १२ सम्म पढाउनको लागि सहयोग गर्ने जनाएकी छन । लमजुङको दुधपोखरी स्थायी घर भइ हाल कास्किको लुम्लेमा बस्दै आएका जगत गुरुङको शिक्षमा लाग्ने सम्पुर्ण खर्च सहयोग गर्ने परियारले जनाएकी हुन ।
उनकोलागि आवश्यक पर्ने पोशाक ,स्टेशनरी लगाएत विभिन्न शुल्कहरु तिर्ने उनले जनाइन । जगत बाल मन्दिर माद्यामिक विद्यालयमा अध्यनरत छन । २०७५ भदौमा उनका बाबुको क्यान्सरका कारण निधन भएको थियो । आमा उत्तमकुमारि गुरुङ र ४ वर्षकी बैनीसहित उनी अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा बस्दै आएका छन ।
‘जन्म दिनमा केक काटेर ,भोज गरेर अनावश्यक खर्च गर्ने प्रचलन बढेको छ ,तर मलाइ केही नयाँ काम गरेर जन्म दिन मनाउन मन लाग्यो’ ,शान्तमायाले भनिन, ‘साहारा बिहिन गजतको शैक्षिक खर्च अब मैले जिम्मा लिएकी छु । ’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मनाङकी सचिवालय सदस्य समेत रहेकी परियारले फजुल खर्चलाई जोगाएर उनको शिक्षामा खर्च गर्न लागेको बताइन । ‘म पनि सामान्य आर्थिक अवस्थाकै मान्छे हो ,शिक्षा बिनाको भविस्व अन्धकार छ ,त्यसैले मेरो आम्दानीको केही हिस्सा जगतलाइ सहयोग गर्न लागेकी हु ।’
सामान्य खेतिपाती र ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको बताउदै जगतकी आमा उत्तम कुमारीले छोराको लागि सहारा मिलेकोमा खुसी व्यक्त गरिन ।
‘काम गरेर खान मात्र ठिकै हुन्छ ,जसोतसो गरेर स्कुल पठाएकि थिए ,अब त सहारा मिलेको छ ।’ उनले भनिन । दैनिक गुजारा चलाउन धौ धौ परेको अवस्थामा छोरालाइ पढाउने चिन्ता हटेको उनले बताइन् । सहयोगले संघर्षकोलागि थप हौसला मिलेको उनको भनाई छ । कर्मथलो काठमाडौंलाई बनाएकी शान्ताकुमारिले जगतको कक्षा र आवश्यकता अनुसार सहयोग गर्दै जाने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->