आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपाको तेस्रो दिनको बैठक : प्रदेश कमिटी अध्यक्षबाट रिपोर्टिङ

नेकपाको तेस्रो दिनको बैठक : प्रदेश कमिटी अध्यक्षबाट रिपोर्टिङ

समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुनेछ।


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७६, शुक्रबार

काठमाडौं, १७ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको बैठक सुरु भएको छ ।शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ सुरू भएको छ। प्रदेश १ का अध्यक्ष देवराज घिमिरेबाट सुरु भएको रिपोर्टिङमा अन्य प्रदेश अध्यक्षको रिपोर्टिङ जारी रहेको नेकपा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन्। बिहीबार दिनभर छलफल गरेर प्रत्येक समूहले लिखित रूपमा आजको केन्द्रीय समिति बैठकमा आ-आफ्नो समूहको रिपोर्ट प्रस्तुत गरिरहेका छन्।
नेकपाका ४४७ नेता मध्ये ४३८ (सचिवालयका ९ जना बाहेक) लाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ। राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा छलफल गर्न विभिन्न समूह विभाजन गरिएको हो। यसअघि बिहीबार समूहगत छलफल नटुंगाएका  कतिपय समूहले छलफल सुरु गरेका छन्। समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुनेछ। माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->