आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा बैठक सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

नेकपा बैठक सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

केन्द्रीय समिति बैठक उद्घाटनमा उपस्थित भएका ओली स्वास्थ्य समस्याका कारण त्यसपछिका बैठकमा उपस्थित छैनन्।


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७६, आइतबार

काठमाडौं, १९ माघ -प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली  र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। केही समय दुई अध्यक्षबीच छलफलपछि सचिवालयको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।गत बुधबारदेखि चलिरहेको केन्द्रीय समिति बैठक जारी छ । शनिबारसम्म सदस्यहरुले बोल्ने क्रम सकिएको छ। आइतबार महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालको जवाफ दिने कार्यक्रम छ। यसै विषयमा दुई अध्यक्षबीच छलफल गर्ने र त्यसपछि सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
महासचिव विष्णु पौडेल र प्रचण्डबीच आइतबार बिहानै प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको थियो । केन्द्रीय समिति बैठकमा सचिवालय सदस्यले बोल्ने की नबोल्ने भन्नेबारे पनि यसै सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताए। दुई अध्यक्षबीचको छलफल र त्यसपछि सचिवालय बैठक बसी एउटा निचोडमा पुगेर केन्द्रीय समिति बैठकमा अध्यक्ष र महासचिव प्रस्तुत हुने तयारीमा छन् । जारी केन्द्रीय समिति बैठक आइतबार १ बजेका लागि बोलाइएको छ।
केन्द्रीय समिति बैठक उद्घाटनमा उपस्थित भएका ओली स्वास्थ्य समस्याका कारण त्यसपछिका बैठकमा उपस्थित छैनन् । अध्यक्षका तर्फबाट प्रचण्डले नै बैठकमा जवाफ दिने कार्यक्रम रहेका भएपनि आइतबारको बैठकमा प्रधानमन्त्री ओली पनि जाने तयारीमा रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। अध्यक्ष र महासचिवले जवाफ दिएपछि आजै केन्द्रीय समिति बैठक सकाउने तयारी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->