आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सञ्चारमन्त्री भन्छन : ‘अधिनायकवादको हौवाले हावा खायो’

सञ्चारमन्त्री भन्छन : ‘अधिनायकवादको हौवाले हावा खायो’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७६, बिहिबार

काठमाडौं, १ फागुन – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अधिनायकवादको हौवाले हावा खाएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारमाथि अधिनायकवादको आरोप लागेको तर त्यसले अहिले हावा खाएको बताएका हुन्।
‘अधिनायकवादको हौवाले हावा खायो’, सरकारलाई लगाइने गरेको अधिनायकवादको आरोपप्रति कडा टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘डेमोक्रेसी इन्डेक्समा पनि सुधार भएको छ।’ उनले सरकारले नराम्रो केही काम नगरको दाबीसमेत गरे। ‘जति गरियो राम्रै गरेका छौं’, मन्त्री बाँस्कोटाले भने, ‘नराम्रो देख्ने आँखा नै नराम्रो, प्रेस तथ्यमा जाओस, प्रतिपक्षको आँखाले होइन।’  उनले  सरकारले दुई वर्षको अवधिमा गरेको कामको वेलिविस्तार लगाउँदै उनले भने, ‘जनतालाई  जे भनेका थियौं, त्यो गरिरहेका छौँ, धेरै गरेपनि सकेका छौँ,’ उनले भने।
मन्त्री बाँस्कोटाले कालापानी र लिम्पियाधुराको विषयमा सरकारले स्पष्ट अडान र तथ्य राखेको बताए। बाँस्कोटाले सीमा समस्यामा सरकारले राखेको  अडान र तथ्यको बारेमा स्पष्ट पार्दै यस्तो बताएका हुन्।  बाँस्कोटाले  नेपाल सार्वमौमसत्ताको रक्षा र सुरक्षाको लागि सरकार प्रतिवद्ध  रहेको बताए। उनले भ्रष्टाचार अनुभूति सूचाङ्कलगायतका विभन्न सूचांकमा नेपालको अवस्था सुधार भएको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->