मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रानीपानीबासीले खानेपानी खोज्न डोकोमा गाग्री बोक्न नपर्ने

रानीपानीबासीले खानेपानी खोज्न डोकोमा गाग्री बोक्न नपर्ने


  • संजय रेग्मी
  • फाल्गुन १० २०७६, शनिबार

पर्वत,१० फागुन – गाउँ गाउँमा मोटर बाटो, बिद्युत र इन्टरनेटको सुविधा पुगीसक्या । हिँडेर पुग्नका लागि घण्टौँ लाग्ने ठाउँहरुमा केही मिनेटमा नै पुग्न सकिने भयो, बिदेशमा रहेका आफन्तसँग घरमै बसी बसी भिडियोमा कुराकानी हुने भयो, इन्टरनेटमा उपलब्ध हुने महत्वपूर्ण सूचनाहरु गाउँ गाउँमा नै पाउन सकिने भयो ।

कतिपय भौतिक प्रगतिले फड्को मारिरहेको भएपनि पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीका बासिन्दाले भने सुखले पानी पिउन पाएका थिएनन् । धेरै घरधूरीहरु रहेको गाउँ भएपनि ठूला लगानीको विश्वासिलो र भरपर्दो पार्नीको स्रोत नभएका कारण कुवा र घरभन्दा टाढा रहेका पानीका धाराको पानी डोकोमा गाग्री राखेर ओसार्नुपर्ने बाध्यता रहिआएको थियो ।

रानीपानीबासीहरुले बर्षौँदेखि भोगिरहेको यो समस्या भने अब समाधानको बाटोमा लागेको छ । स्थानीय निर्वाचनको बेलामा नागरिकसँग मत माग्दा पनि गाउँमा रहेको खाने पानी समस्याको अन्त्य गर्ने प्रतिबद्धता जनाएका नेताहरूले त्यसका लागि मिहिनेत गरे । पालिकाले गाउँमा रहेको खानीपानीको समस्या टार्नको लागि संघिय र प्रदेश सरकारसँग हार गुहार गरिरह्यो, यही कारण अबको दुई वर्ष भित्रमा रानीपानीका प्रत्येक घरमा एक वटा खानेपानीको धारो निर्माण हुँदै छ ।

रानीपानीकी सरिता चौधरी पौडेललाई घरमा पानीको जोहो गर्ने चिन्ताले दैनिक रूपमा सताउँथ्यो । बर्खाको समयमा खेतका कान्ला कान्लामा पानीका मूलहरू फुटेर पानीको समस्या नहुने भए पनि हिउँदको समयमा भने गाउँमा भरपर्दो पानीको मुहान नहुँदा गाउँमा रहेका परम्परागत कुवा र पुराना धारामा पानी खोज्नको लागि सबेरै धाउनुपर्ने बाध्यता थियो । सरितालाई मात्र होइन गाउँका झन्डै डेढ सय परिवारलाई यही समस्या रहेको छ ।

गाउँमा रहेको पानीको अभावको समस्यालाई टार्न दुई करोड पचास लाखको लगानीमा ‘लिप्mट सिस्टम’ को खाने पानी योजना निर्माणको काम सुरु भएपछि तत्कालका लागि गाउँमा रहेका एक सय पचास घरधुरीलाई पानीको सुविधा हुने गाउँपालिका प्रमुख कमलप्रसाद भुसालले बताए । ‘गाउँमा खानेपानीको समस्या रहेको थियो। पुराना कुवा र टाढा रहेका धारामा डोकोमा गाग्री राखेर पानी ओसार्नुपरेको थियो ।’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले विनियोजन गरेको साढे दुई करोड रकमबाट लिप्mट सिस्टमको खाने पानी आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ । दुई वर्षभित्रमा रानीपानीका सबै घरहरूमा १÷१ वटा धारा जडान हुने छन् ।’

गाउँभन्दा ३ सय २५ मिटर तल इमीचौरमा रहेको मूलबाट पानी तानेर उपभोक्ताहरूको घर भन्दा माथिको स्थानमा ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीमा पानी रिजर्भ गरेर गाउँमा बाँड्ने गरी काम सुरु भएको रुम्टा लिप्mट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष अनिल मास्केले बताए । लामो समयदेखि खानेपानीको चरम समस्यामा रहेका स्थानीयको समस्या अब भने हल हुने भएको उनको भनाई छ । लिप्mट खानेपानी आयोजना सञ्चालनमा आएपछि रानीपानीको भाटीचौर, साहुथर, कुमाल गाउँ, पसियार लगायत ठाउँका बासिन्दाहरू लाभान्वित हुने वडाध्यक्ष रणबहादुर आले बताउँछन् ।

यो आयोजनाले गाउँका सबै घरहरूमा एक धारा जडान गर्न असम्भव रहेकोले सङ्घीय सरकारबाट पनि पौने चार करोड रुपैयाँ विनियोजन भएको गाउँपालिका प्रमुख भुसालको भनाई छ । बन्न लागेको रुम्टे लिप्mटबाट डेढ सय परिवारको आवश्यकता पूरा गरेपछि सङ्घीय सरकारको बजेटमा बन्ने अरेवा लिप्mट खाने पानी आयोजनाबाट झन्डै २ सय ७५ घर परिवारलाई पानीको सुविधा पुग्ने र आयोजना निर्माणको लागि डिपिआरको काम सम्पन्न भइसेको उनले बताए । यी दुवै योजनालाइै दुई वर्षभित्रमा पूरा गरेर हरेक घरमा एक धारा जडान गर्ने गाउँपालिकाको लक्ष्य छ ।

लिप्mटबाट तानिएको पानी महँगो पर्ने हुँदा स्थानीयलाई आर्थिक व्ययभार बढी हुन सक्ने भन्दै विद्युत् महसुलको बिल पनि गाउँपालिका नै बेहोर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->