पोखरा,१६ फागुन – मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । विगत एक दशक देखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संसोधन गरी गत वर्ष देखि मासु व्यवसायी संघ कास्की कायम गरी संचालित संस्थाले पहिलो वार्षिक साधारण सम्पन्न गरेको हो ।
समितिका संस्थापक अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित वार्षिक साधारण सभामा वोल्दै श्रेष्ठले व्यवसायलाई मर्यादित वनाउन व्यवसायी जिम्मेवार हुनु पर्ने वताए । हामी जिम्मेवार भएर व्यवसाय ग¥यौ भने राज्यले दुःख दिन नसक्ने श्रेष्ठले वताए ।
विशेष अतिथि मासु व्यवसायी संघ कास्कीका संरक्षक प्रेम प्रसाद पौडेल ठाकुरले मानव स्वास्थ्य सँग जोडएको मासु व्यवसाय संचालक अस्वस्थ्य प्रतिस्पर्धामा भन्दा गुणस्तरमा केन्द्रित हुनु पर्ने वताए ।
यस्तै कुखुरा पालक किसान संघका अध्यक्ष यज्ञ प्रसाद गुरुङ, पोल्ट्री व्यवसायी संघका अध्यक्ष गुरु प्रसाद पौडेल, मासु व्यवसायी संघका पूर्व अध्यक्ष युवा व्यवसायी भोलानाथ ओझा, पत्रकार यदुनाथ वञ्जारा सह सचिव पवन नेपाल लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वार्षिक साधारण सभामा संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको वार्षिक प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष लोकराज शर्माको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित भएको थियो ।
संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव राजेन्द्र तिमिल्सीनाले र स्वागत मन्तव्य संघका उपाध्यक्ष ज्ञानहरी आचार्यले गरेका थिए ।
पोखरामा दुई वटा मासु व्यवसायी संस्था रहेको छ जसमा खसी कुखुराको कारोवार गर्ने मासु व्यवसायी संघमा चार सय व्यवसायी आवद्ध रहेको सचवि राजेन्द्र तिमल्सिनाले वताए ।





