सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षणमा १२५ जना महिला लाभान्वित

निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षणमा १२५ जना महिला लाभान्वित


  • Dhorpatan News
  • फाल्गुन १७ २०७६, शनिबार

पोखरा, १७ फागुन – पोखराको लामाचौरमा गरिएको निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षण कार्यक्रममा १२५ जना महिला लाभान्वित भएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखाले लामाचौर स्वास्थ्यचौकीमा शुक्रबार आयोजना गरेको महिलाको स्तन तथा पाठेघरको मुख क्यान्स परिक्षणमा उनीहरु लाभान्वित भएका हुन् ।निःशुल्क स्वास्थ्य परिक्षणसँग स्तन क्यान्सर र पाठेघरको मुख क्यान्सर परिक्षणसँगै सचेतना कार्यक्रमसमेत गरिएको महाशाखाले जनाएको छ ।स्वास्थ्य परिक्षण चलिरहँदा पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरा महानगरपालिकाका स्वास्थ्य संरक्षक मानबहादुर जिसी, पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेललगायतले अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->