सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पार्टी फुट्दैन, मध्यावधि निर्वाचन पनि हल्ला मात्रै : गृहमन्त्री थापा

पार्टी फुट्दैन, मध्यावधि निर्वाचन पनि हल्ला मात्रै : गृहमन्त्री थापा

शान्ति सुरक्षा र सुशासन कायम गर्न गण्डकी प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्रीको कडा निर्देशन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७६, शनिबार

पोखरा, १७ फागुन – गृहमन्त्री रामबहादुर थापाले नेकपा फुट्ने र मुलुक मध्यावधि निर्वाचनमा जाने कुरा विरोधीले चलाएको हल्लामात्रै भएको बताएका छन् । गण्डकी प्रदेशस्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिवार पोखरा आएका गृहमन्त्री थापाले पछिल्ला केही घट्नाक्रमलाई लिएर नेकपा फुट्ने र मध्यावधि निर्वाचन हुने आशंका गरिएको भएपनि त्यसो नहुने वताए । मुलुकमा अस्थिरता चाहने शक्तिहरुबाट भ्रम फैलाइएको भन्दै मन्त्री थापाले भने, एमसिसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बास्कोटाको राजिनामा, उपाध्यक्षलाई राष्ट्रियसभामा लैजानै निर्णय लगायतका केही सवाललाई देखाएर देश मध्यावधि निर्वाचनतर्फ जान्छ कि भन्ने विश्लेषण गरेको पाईन्छ, तर त्यस्तो केही हुदैन, उनले थपे, यी कुनै पनि कारणले मुलुकमा समस्या आउदैन ।
सतारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेख गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने मन्त्री थापाले बताए।नेकपाभित्र विवाद नरहेको उनको दाबी थियो। विवाद अनावश्यक रूपमा सिर्जना गराइएको छ, मन्त्री थापाले भने, पार्टीको निर्णय सरकारले कार्यान्वयन गर्दछ ।
सरकारले आर्थिक समृद्धिका लागि महत्वपूर्ण काम गरेको दावी गर्दै मन्त्री थापाले मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढिरहेको र आयात प्रतिस्थापन भई निर्यात बढ्दै गएको बताए । गतवर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको भन्दै उनले यसपाली कोरोना भाइरसका कारण केही समस्या देखिएपनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने दाबी गरे। ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर विश्वका कम मात्र देशमा भइरहेको उनको दाबी थियो । विकास र समृद्धिको यात्रामा मुलुक सकारात्मक ढंगले अगाडि बरिहेको उनको तर्क थियो ।अर्काे प्रशंगमा गृहमन्त्री थापाले नेपालले आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए। कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले आफ्नो राजनीतिक नक्सा निकालेपछि उक्त भूमि समेटेर नेपालले पनि छिट्टै नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको बताउँदै उनले भने, ‘ती भूमि समेटेर नक्सा निकाल्ने सबै तयारी पुरा भएको छ। अव चाँडै नेपाली नक्सा सार्वजानिक हुन्छ ।’ उनले भने, ‘सचिवस्तरीय टोलीले त्यो काम गरिरहेको छ। हाम्रो तर्फबाट नक्सा छाप्ने प्राविधिक काम सबै पुरा भएको छ। अब नक्सा निकाल्ने अन्तिम तयारी छ। छिट्टै हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक गर्छौं।’ नेपाली भूमि फिर्ताका लागि नेपालले कुटनीतिक पहल जारी राखिएको उनले बताए। ‘सरकारले हाम्रो भूमि फिर्ता गर्नका लागि कूटनीतिक लविङ गरिरहेको छ।’
गृहमन्त्री थापाले मुलुकमा नेकपा नेतृत्वको सरकार गठन भएपछि सुशासन कायम भएको वताए । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालमा सुशासन कायम भएको प्रतिक्रिया दिएको उनको भनाई थियो । ‘मैले दाबी गरेको या सरकारले मात्र यसो भनेको होइन, अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालमा सुशासन कायम भएको वताएका छन् ।’ नेपालको तर्फबाट सिमामा सुरक्षा चेक पोष्ट बढाउने काम भइरहेको बताउँदै उनले गत वर्षमात्र ८७ वटा चेक पोष्टबाट बढाएर १०४ पुर्‍याइएको र यसवर्ष दोब्बर स्थापना गर्ने कामको थालनी भइसकेको बताए। दक्षिण र उत्तर दुवैतर्फ चेकपोष्ट स्थापना गरिने गृहमन्त्री थापाले वताए ।
गृह मन्त्रालय र प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा संयुक्त रुपमा शुक्रवारदेखि सुरु भएको सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुखहरुको सहभागिता रहेको थियो । सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले आआफ्ना जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न अग्रमोर्चामा रहेर काम गर्न सुरक्षाप्रमुखहरुलाई कडा निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->