सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

रंगशालामा रेडक्रस को कृतिम घटना अभ्यास

रंगशालामा रेडक्रस को कृतिम घटना अभ्यास


  • Dhorpatan News
  • फाल्गुन १८ २०७६, आइतबार

पोखरा,१८ फागुन – भूकम्प आएपछि चोटक पटक लागेका मानिस घर बाहिरको खुल्ला स्थानमा चिच्याई रहेका थिए । कोहि भूँइमा लडिरहेका थिए त कोहि खुट्टामा हड्डीले छाला नै छेडेको अवस्थामा बिछिप्त मुद्रामा थिए । र कोहि अचेत अवस्थामा देखिन्थे । यस्तो अवस्थामा तत्काल प्रतिकार्यकाका लागि नेपाल रेडक्रस सोसाईटी कास्कीका सिपयुक्त उद्धारकर्ताहरु तुरुन्त घटनास्थल पुगे र जोखिममा परेकाहरुको प्राथमिक उपचार गरेर थप उपचारको लागि घाईतेलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाए ।

कुनैपनि बिपत्ति परेको बेलामा कसरी जतिसक्यो चाँडो प्रतिकार्यमा जुट्न सकिन्छ र जिउधनको सुरक्षा गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी कास्कीले शनिवार पोखरा रंगशालामा कृतिम घटना अध्यास कार्यक्रम आयोजना गरेको थियो । बिपद पूर्व तयारी तथा प्रतिकार्य योजनामा आधारित कृतिम घटना अभ्यास कार्यक्रमलाई त्यहाँ घुम्न गएकाहरुले छक्क परेर हेरिरहेका थिए । घटना कसरी भयो ? भनेर सोधिरहेका थिए । केहिबेरमा रेडक्रसकर्मिहरुको सहजिकरणका कुरा सुनेपछि ओहो ! यो त बिपत परेको बेलामा काम लाग्ने सिप पो रहेछ, भन्दै आफ्नो बाटो लागेका थिए ।

बिपद कतिबेला आउँछ कसैलाई थाँहा हुँदैन, त्यसैले बिपद परेको बेलामा तत्काल उद्धारमा खटिन, जोखिमको व्यवस्थापन, न्यूनिकरण र प्रतिकार्यको लागि बिपद पूर्वका दिनमा सिप सिकेर आई परेको बेलामा घटनास्थलमा जति सक्यो छिटो प्रतिकर्यामा जुटुन सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको हो । कृतिम घटनाक्रम थियो भूकम्प । पोखरा रंगशाला नजिकै सेती किनार आसपासलाई केन्द्र बनाएर बिहान ९ वजे ७ रेक्टर स्केलको भूकम्प गएपछि एक बेपत्ता, एकको मृत्यु, ६४ घर बस्न नमिल्नेगरि चर्किएका, वृद्धवृद्धा, महिला तथा वालवालिका ठूलो संख्यामा घाईते भएको सूचना रेडक्रस उपशाखा १० ले दिएपछि तुरुन्तै के गर्यो त रेडक्रस कास्कीले : सभापति डोलराज पाण्डेले भने ,बिपदले संकेत दिएर नआउने भएकोले पूर्वका दिनमा नै सिपयुक्त तालिम, परामर्श र कृतिम अभ्यासले बिपद परेको अवस्थामा तुरुन्त प्रतिकार्यमा जुट्न, थप जोखिम हुन नदिन, जनधनको क्षेती हुनबाट बचाउन र उद्धारको लागि सघाउँछन् । बिपत्तिपछि जोखिममा परेकाहरुको लागि राहत महत्वपूर्ण कुरा हो । यसको राम्रो र भरपर्दो संयोजन कसरी गर्न सकिन्छ त ? रेडक्रस कास्कीका महामन्त्री धर्मराज अधिकारीको भनाई यस्तो थियो ।

उत्थानशिल नगर प्रवर्धन र सहभागिता, स्योर कार्यक्रम कास्कीका संयोजक दीवाकर सुवेदीलाई हामीले सोध्यौं, किन यस किसिमको कृतिम घटना अभ्यास कार्यक्रम गरियो ? सुवेदीले भन्नुभयो ः“सबैभन्दा पहिले त हामीले नै दक्षता हाँसिल गर्नुपर्छ बिपत्ति परेको बेलामा काम गर्न ।”

नेपाल रेडक्रस सोसाईटी कास्कीले अब छिट्टै सबै सुरक्षा निकाय तथा सरोकारवालासंग बसेर बिपद परेको बेलामा गरिने प्रतिकार्य, उद्धार तथा राहत वितरणमा सघाउने गरि बृहत कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->