पोखरा,१८ फागुन – ग्लोबल आइएमई बैंक लिमिटेडले पोखरा–३०,मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सिसी क्यामेरा जडानमा सघाएको छ । बैंकले क्यामेरा जडानको लागि अस्पतालाई ५० हजार रुपैयाँ नगद सहयोग गरेको हो ।
बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले अस्पतालका अध्यक्ष रमानाथ पौडेललाई सहयोग रकम हस्तान्तरण गरे । सिलवालले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोग गरिएको जनाए । अस्पतालका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका गण्डकी प्रदेश उपप्रमुख अजय थापा, बेगनासताल शाखाका प्रमुख दिनेश अधिकारी, अस्पतालका सचिव कृष्ण प्रसाद तिवारी, अस्पतालका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।





