पोखरा,१९ फागुन – कास्कीको पर्यटकिय गाउँ घान्दु्रकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ ।
घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध साँस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आईतबार घान्दु्रकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
समितिका अध्यक्ष राजबहादुर गुरुङले मौलिक संस्कृति तथा चार्डको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यसहित उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए रसडकको पहुँच नभएको कास्कीको उत्तरी भेगमा ढुवानीको लागि खच्चड प्रयोग गरिन्छ ।
त्यस्तै प्रतियोगिता संयोजक तथा पर्यटन व्यवसायी बिक्रम गुरुङले उक्त दौडबाट च्याम्पियन बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार प्राप्त गर्ने बताए । उनका अनुसार द्धितीय र तृतीय बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश ३५ र २५ हजार हात पार्नेछन् ।उनले उक्त दौड हिबाल क्यु (न्यू ब्रिज) देखी सुरु भई खोलोभ्रो (घान्दु्रक बसपार्क) मा आएर निर्धारित ५.५ किलोमिटर दुरी पूरा हुनेछ । अन्नपूर्ण गाउँपालिकामा र प्रतियोगितामा ८० बढी घोडा रहेको अिनुमानित ४० घोडाको सहभागिता रहने अनुमान गरिएको छ ।





