आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नौ वटा कानुन पारित गर्दै सकियो तमानको सातौं गाउँसभा

नौ वटा कानुन पारित गर्दै सकियो तमानको सातौं गाउँसभा

गाउँ प्रहरी नियुक्तिको बाटो खुल्यो


  • Dhorpatan News
  • फाल्गुन २० २०७६, मंगलबार

बागलुङ, २0 फागुन– तमानखोला गाउँपालिकाको सातौं गाउँसभाले बिभिन्न ९ वटा विधयेक तथा ऐनहरु पारित गरेको छ । कार्यपालिकाले प्रस्तुत गरेका ऐन तथा बिधयेकहरु आवश्यक अध्ययन पछि पारित भएका हुन् ।
गाउँसभाले न्यायीक समितिको काममा सहजताका लागि बनाईएको कार्यबिधि तथा न्याय सम्पादनका लागि वनेको ऐन २०७६ लाई सर्बसम्मत पारित गरेको छ । न्यायीक समिति गठन भएपनि आवश्यक कानुन र कार्यबिधिको अभावमा परेका समस्याको अव समाधान हुने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
पूर्वाधार व्यवस्थापन ऐन २०७६, तमानखोला गाउँपालिकाको राजश्व व्यवस्थापन ऐन २०७६, बस्ति विकास तथा शहरी योजना, भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, तमानखोला कृषि विकास ऐन २०७६, तमानखोला गाउँपालिकाको प्रहरी विधयेक २०७६, सार्वजनिक, नीजि साझेदारी सम्बन्धी बनेको विधयेक २०७६ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधयेक २०७६ लाई सभाबाट पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानाकारी दिए । गाउँपालिकाले कानुन निर्माण गरेसँगै गाउँ प्रहरी नियुक्ति र वातावरण संरक्षणका लागि कार्यक्रम तय गर्न सहज हुने छ । ऐनहरुको कार्यानवयनका लागि आवश्यक कार्यबिधि बनाईने सुवेदीले जानकारी दिए । गाउँसभाले अन्तिम लेखा परिक्षणको जिम्मेबारी कार्यपालिकालाई दिएको छ ।
हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभाले महत्वपुर्ण कानुन निर्माणका साथै चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा संम्सोधन समेत गरेको छ । केही बिकास निर्माणका काममा बाधा देखा परेकाले नीति तथा कार्यक्रममा संशोधन गरेर बजेट रकमान्तरको बाटो खोलिएको हो । गाउँ सभाबाट यस अघि गाउँ कार्यपालिकाको बैठकबाट पारित भइ आएका आर्थिक वर्ष २०७६÷०७७ का लागि संशोधित नीति, कार्यक्रम तथा वजेट, क्षेत्रगत योजनाहरु तथा आर्थिक वर्ष २०७६÷०७७ को माघ मसान्त सम्मको खर्च विवरण समर्थन गर्दै हालसम्म भएका गाउँ कार्यपालिकाका निर्णयहरुलाई समेत परित गरिएको थियो । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकका अध्यक्ष जोकलाल बुढाले, ‘गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न ऐन तथा कानुनहरु निर्माण गर्दै गर्दा यसको सही कार्यान्वयनमा गाउँसभाका प्रतिधिहरुले ध्यान दिन जरुरी रहेको बताए ।
अहिले उपभोक्ता समितिका पदाधिकारीहरु ठेकेदार जस्ता देखिएको भन्दै, स्थानीय जनताले पत्याएका, जनताको काम जनतालाई नै सहकार्यमा राखेर स्वयंसेवी भावनाले कामगर्न सक्नेले मात्र योजनाको उपभोक्ता समिति पदाधिकारीमा रहने वातावरणका लागि गाउँपालिकाले सचेत बनाउने बुढाले बताए । गाउँसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->