आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनाका कारण स्थगन भए कार्यक्रमहरु

कोरोनाका कारण स्थगन भए कार्यक्रमहरु


  • Dhorpatan News
  • फाल्गुन २१ २०७६, बुधबार

बागलुङ, २१ फागुन – नोभल कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै नेपाल शिक्षक संघ बागलुङले आगामी फागुन २५ गतेका लागि तय गरेको जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम स्थगित भएको जनाएको छ । फागुन २४ मा महिला शिक्षिकाहरुलाई प्रशिक्षण र २५ गते जिल्ला प्रतिनिधिसभाको आयोजना गरिएको थियो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले फागुन २४ र २५ गते तय गरिएको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
त्यस्तै, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला संघ बागलुङले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता पनि स्थगन भएको छ । नेपाल सरकारले कुनै सभा सम्मेलन, भेला र कार्यक्रमहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि मुल समारोह सहितका कार्यक्रम स्थगन भएको महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताईन् । शिक्षक संघले कोरोनाको विश्वव्यापी संक्रमणको क्रम कम भएपछि पूर्व निर्धारित कार्यक्रम नयाँ मितिमा सञ्चालन गर्ने संघका सचिव (अर्थ) राजेन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->