पोखरा, २२ फागुन- लायन्स क्ल अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा आँखा परीक्षण सिबिर कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले बार्षिक कार्यक्रम अन्र्तगत पोखरा–१७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरीमा हिमालय आँखा अस्पतालको प्राविधीक सहयोगमा आँखा शिविर सम्पन्न गरेको कार्यक्रम संयोजक गोमा कार्कीले जानकारी दिइन ।
कमिटी चेयर पर्सन जितबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा रिजन चेयर पर्सन दुर्गा कुमारी आचार्य, जोन चेयर पर्सन सीता पहारी, आँखा रोग विशेषज्ञ बिनेष गौतम, क्लवका रेखादेबी पोखरेल, कल्पना अर्याल, विद्या पौडेल, लगायतले आँखामा लाग्न सक्ने रोगसम्बन्धी सर्तक रहि आँखाको नियमित चेकजाँचका विषयमा बोलेका थिए ।
क्लवका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावक गरि २ सय ४७ जनाको निशुल्क आँखाको परीक्षण गरिएको क्लवका सचिव प्रतिमा शर्माले जानकारी दिइन ।





