बागलुङ, २३ फागुन– बागलुङमा शुक्रबार दिउँसो गुडीरहेको मोटर साईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका विकास पौडेल घाईते भएका हुन् । रामरेखाको भित्री सडकमा गुडीरहेको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ६ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाण्डौ पठाईएको छ । उनी नेपाल बंगालादेश बैंक बागलुङ शाखाका प्रबन्धक हुन् ।
गम्भिर घाईते रहेका पौडेललाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । सोही मोटर साईकलमा सवार २० बर्षिय रुपेश सापकोटा भने सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले जानकारी दिए । धौलागिरी अञ्चल अस्पताल बागलुङका अनुसार घाईते पौडेलको शरिरको बिभिन्न भागमा चोट रहेको छ ।





