सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

‘मिडिया कप–२०७६’ : आफ्नो टिमले खेल नजित्ने भएपछि खेल नै स्थगित !

‘मिडिया कप–२०७६’ : आफ्नो टिमले खेल नजित्ने भएपछि खेल नै स्थगित !


  • Dhorpatan News
  • फाल्गुन २५ २०७६, आइतबार

पोखरा,२५ फागुन – हेमजाको रेडियो अकलाले शनिबारदेखि पोखरा १९ लामाचौरमा ‘मिडिया कप–२०७६’ को आयोजना गरेको थियो । खेलको पहिलो दिन बिग पोखरा र रेडियो अकला भिड्ने समय तालिका छुट्याइएको थियो ।
तर, आयोजकले खेल नजित्ने निश्चित भएपछि खेल नै रद्द गरेको छ । गोलाप्रथाबाट उद्घाटन खेल खेल्ने समयतालिका छुट्याए पनि आयोजक रेडियो अकलाले गोलाप्रथामै धाधलि गरेको छ ।
जम्माजम्मि ३ टिम सहभागी रहेको खेलमा ३ टिमको गोलाप्रथा बनाउँनु पर्नेमा ४ टिमको ‘चिट’ बनाएर धाधली गरेको खुलेको छ । आयोजक टिमले बद्मासी गरेको थाहा पाएपछि खेल नै रद्द हुन पुगेको थियो ।
घटना विवरण…
रेडियो अकलाले पोखरा १९ लामाचौरको खेलमैदानमा आयोजना गरेको खेलमा आयोजक टिम सहित ३ टिमले खेल खेल्ने तय भएको थियो । आयोजक ए, बिग पोखराको ए, बि टिमले खेलको लागि नाम दर्ता गराएकोमा उद्घाटन खेलमा आयोजक रेडियो अकलाले बिग पोखराको ए र बि टिमलाई नै खेल्न लगाएको थियो ।
सुरुमा गोलाप्रथा गरेर खेल सुरु गर्ने बताएको आयोजकले ३ वटा गोलाप्रथाको नम्बर बनाउँनु पर्नेमा ४ वटा गोलाप्रथा बनाएको थियो । बनाएको ४ गोलाप्रथामध्येबाट पनि आयोजकको गोलाप्रथा नम्बर २ रहेको थियो । तर, आफ्नो नम्बरको चिट नै लुकाएर अर्को नम्बर पेश गरेको थियो ।
विपक्षी टिम बिग पोखरा ए का क्याप्टेन अशोक थापाले चाल पाएका थिए । आयोजक टिमले बद्मासी गरेको थाहा पाएपछि आयोजकको बद्मासी खुलाएका थिए ।
आयोजकको यस्तो हर्कतबारे प्रश्न उठाउँदा आयोजकको निर्णय नै अन्तिम हुने.दाबी सहित आयोजकले. खेल नै स्थगित भएको घोषणा गरेको थियो । अचम्म त के छ भने, आयोजकले बद्नियत राखेर आयोजना गरेको खेलमा पनि खेल उद्घाटन गर्न पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवन आचार्य पुगेका थिए ।
यसअघि, गण्डकी प्रदेशका उद्योग वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्ने भनिएको थियो । १८ औं आहा ! रारा गोल्डकपको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको उच्च जोखिम रहेको बेलामा पनि भिडभाड हुने सार्वजनिक कार्यक्रम उद्घाटन गरेको भन्दै चर्को आलोचना भएको थियो । मुख्यमन्त्री गुरुङ आलोचित भएपछि पर्यटन मन्त्री लम्सालले खेल उद्घाटन गर्न आनकानी गरेका थिए ।
मैत्रीपूर्ण मिडिया कप २०७६ को नाम बेचि महानगरका वडा तथा व्यापारिक घरानाहरुसंग पैसा असुल्ने बद्नियत राखेर खेलको आयोजना गरेको आयोजक रेडियो अकलाले मिडिया कपको आयोजना स्थल अघि मिडिया कपको ब्यानर राख्नु पर्नेमा, लामाचौर तीज महोत्सवको ब्यानर राखेर तमासा देखाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->