सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पत्रकार गुरुङलाई आर्थिक सहयोग

पत्रकार गुरुङलाई आर्थिक सहयोग


  • Dhorpatan News
  • फाल्गुन २७ २०७६, मंगलबार

पोखरा,२७ फागुन – मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई बेलायतमा बस्ने नेपालीहरुले ३ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् । बरिष्ठ पत्रकार गुरुङको निवासमै पुगेर फोटो पत्रकार मिलन गुरुङले सो रकम हस्तान्तरण गरेका हुन् ।
शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामनासहित हस्तान्तरित रकम युवा समाजसेवी तथा सामाजिक अभियन्ता लण्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङ तथा शुभेच्छुकबाट संकलित २ लाख, आफ्नो सक्रियताबाट तथा गुरुङ चलचित्र मि न्होर्बै ट च्यारिटी शोबाटे १ लाख ५६ हजार रुपैयाँ संकलन भएको उनले बताए । निवासमै रही साप्ताहिक रुपमा नियमित स्वास्थ्य परिक्षणमा रहेका वरिष्ठ पत्रकार राजबहादुर गुरुङले सहयोगीहरुलाई धन्यवाद दिए । मिर्गौला प्रत्यारोपण पश्चात निकै महंगो १३ वटा औषधि दैनिक सेवन गर्नुपरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->