आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आमाको स्मृतिमा स्वास्थ्यचौकीलाई ३ लाख सहयोग

आमाको स्मृतिमा स्वास्थ्यचौकीलाई ३ लाख सहयोग


  • Dhorpatan News
  • फाल्गुन २८ २०७६, बुधबार

बागलुङ, २८ फागुन–बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि एकै परिवारले ३ लाख ३ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
गल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ मुसिकोट घरभई हाल चेकरिपब्लिक बस्दै आएका राम बहादुर रायमाझीका छोराहरु जितेन्द्र, विष्णु र खुम बहादुर रायमाझीले स्वर्गिय माता भिमा कुमारी रायमाझीको स्मृतिमा उक्त रकम स्वास्थ्य चौकी निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि बडिगाड गाउँपालिका–२ का नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम, बाबुराम खरेलले मातापिताको स्मृतिमा ३ रोपनी जग्गा उपलब्ध गराएपछि स्वच्छिक चन्दा संकलन अभियानअन्तर्गत रायमाझी परिवारले ३ लाख ३ हजार सहयोग गर्ने घोषणा गरेको वडा अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिए ।
स्वास्थ्यचौकी निर्माणका लागि स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत चालु आर्थिक बर्षमा १३ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भई गाउँपालिकामा प्राप्त भैसकेको छ । जग्गा र बजेट दुवैको समस्या नरहेकाले तत्कालै निर्माण प्रकृया समेत अघि बढाईने गाउँपालिकाले जनाएको छ । जग्गा प्राप्त भएपछि स्थानीयले सडक निर्माणको प्रकृया समेत अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->