आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

परिवारले नै २ वर्षदेखि दाम्लोमा बाँधेका एक युवा

परिवारले नै २ वर्षदेखि दाम्लोमा बाँधेका एक युवा


  • सागर भण्डारी
  • फाल्गुन २९ २०७६, बिहिबार

बागलुङ,२९ फागुन -शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा ३२ वर्षीय रेशम रानालाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।मानसिक तथा शारीरिक अवस्था कमजोर भएका रानालाई २ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका राना विगत १५ वर्ष देखि शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।उनी हिँड्ने, डुल्ने गरेपनि परिवारकै आफन्तलाई समेत चिन्न सक्दैनन् । डोरी खोल्दिने वित्तिकै घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिन, भागेर महिना दिनसम्म घरमा नआउने तथा जसलाई पायो उसैलाई पिट्ने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बुबा रेशबहादूर रानाले बताए ।उनका अनुसार रेशमले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण बाँधेर राख्न थालिएको हो । उनलाई साङ्लो मै बाँधेर दिसा पिसाब गराउने गरेको उनले बताए ।

रातको समयमा समेत बाहिरै बोराले बारिएको स्थानमा उनलाई सुताउने गरिएको छ । “मलाई त बानी परी सक्यो घरमा पर पाहुना आउँदा सुताउन सकिँदैन् रात भरी छोरो चिच्याएर सुत्न दिँदैन् ।” बुबा रेशबहादूरले भने ।१२ वर्षको उमेरमा रोजगारीका लागि भारतको पञ्जाबमा पसेका उनी केही वर्ष राम्रै अवस्थामा रहेको र पैसा समेत पठाउने गरेपनि भारतबाट घर फर्केने क्रममा रेलको झ्यालबाट हाम फालेपछि अहिले यो अवस्था आएको उनले बताए । उनलाई टिचिङ अस्पताल लगायतका अन्य अस्पतालमा उपचार गराएपनि अब त उपचार गराउँदा गराउँदै सम्पत्ति सकिएको र उपचार गर्न आर्थिक अवस्था भएको बुबा रेश बहादुर रानाले बताए। ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको उनले बताए ।

“मान्छेनै चिन्दैन् मलाई समेत कतिपल्ट कुटपिट गर्यो दाम्लोले नबाँधे त सम्हाल्नै सकिएन्” उनले भने । परिवारले सक्दो कोसिस त गरे अब आर्थिक अवस्था कमजोर भएकाले राम्रो ठाउँमा उपचार गराउन सम्भव भएन पहिले सानोमा त रेशम राम्रो थियो ,स्थानीय होसियार सिहं थापाले बताए ।कसैले साथ सहयोग गरे छोराको उपचार हुन्छकी भन्ने आशा अझै पनि मनमा रहेको बुबाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->